Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कथा : अनौठो प्रेम,अनु अर्पण

म देख्दैनथे ऊ सुन्दिनथी

मनमा माया बुन्थी या बुन्दिनथी
नत रुप, नत स्वर केहि देख्या सुन्या छैन
मैले बगा मायाको मुहान ऊ थुन्दिनथी
अझै झल्झली यी नयनमा तस्विर बनिबसेको छ उसको मुक्तक । पहिलो पटक टंगालको गणेश मन्दिरको प्रतिक्षालयमा सेतो सर्ट कालो पाईन्ट टलक्क टल्किएको पाटी सुज अनि कालो चस्मामा बस पर्खिराको उस्लाई देख्दा धेरै जसो गीतमा महिलाको स्वरूपको प्रसंसा गरेझै उस्को प्रसंसा यदि गीतकार भैदिएकोभा मैलेनी एउटा गीत उस्को प्रसंसामा लेख्थे होला । पहिलो दर्सन उस्को तेइ भाकोथ्यो, तेहि दिनबाट मेरो नयनको दृश्य उसले चोरेर उसैको साथ लगेकोथ्यो, घरिघरि उसलाई मात्र देख्थे मेरो वरिपरी ।
12715735_1068776416513194_2245412060216614668_nएक दिनको कुरो हो म मेरा साथीहरुसंग गहना पोखरीको छेउ रेडियो सिटीको मुनि रहेको एउटा चिया पसल हाम्रो अखडा नैथ्यो भन्दा फरक नपर्ला हामी श्रब्यविहीन साथीहरु साँझ परेपछि तेही चिया पसलमा चियाको चुस्की संगै घन्टौ गफिन्थौँ । एकदिनको कुराहो म अनि मेरा साथीहरु चिया गफ गर्दै बसिराथ्यौँ । मेरो आँखामा बसेको तस्बिर तेही बाटो भएर गको देखे बोलाऊ बोलाउ लग्यो तर बिडम्बना मेरो वाक्य थिएन नत म सुन्न सक्थे नत बोल्ननै त्यो दिन तेतिकै खल्लो मन लिएर घर गए भोलि पल्टको दिनचर्या तेही गहना पोखरीको चियापसल तेही समयमा उसलाई देखे तेही कालो पाईन्ट सेतो सर्ट कालो चस्मा अनि परैबाट टल्किने कालो जुत्ता उस्को रुप प्रसंसा योग्य थियो नै उस्को बाहिरी पहिरन नि सफा अनि कपडाको लुगामा परै बाट देखिने आईरनको क्रिज कुन चै केटि नलोभीईलि ? त्यो दिन चै म पछि लागेरै गएँ ।
छक्क परे एउटी केटी उसकै छेउ छेउ हिड्दा नि एक मुस्कान छैन मुस्कानको बदला के खालको केटो होला यति राम्री केटी देख्दा बेवास्ता गर्ने ? ऊ हाडी गाउँको एउटा घरमा डेरा लिएर बस्दोरहेछ त्यो कुरा थाहा पाएसी फर्किए । एकदिन हामी चिया गफ गर्दै चिया पसलमा बसिराको थियौँ दुईजना केटा नि तेही चिया पसलमा चिया पिउन आए एउटा केटाले एकटकले हेरिरहेकोथ्यो मलाई । मलाई कताकता एकोहोरो हेराईले अप्ठेरो महसुस भएर निहुरिरहेकोथे जव शिर उठाएर हेर्थे ऊ मलाई नै हेरिरहेको हुन्थ्यो केहीबेरको हेराहेर र मेरो लज्जालुपनले ऊ मेरो समिप आउँन खोजेझै गर्दैथ्यो ऊ जव मसंग बोल्छु भनेर नजिकिन खोज्दैथ्यो तेहिबेला मेरो साथीले ईसारा गर्यो घरजाउ भनेर तव ऊ झस्कियो मेरो वाक्य वा वा वु वु सुनेर ऊ हत्तनपत्त चियाको पैसा तिरेर टाप ठोक्यो कहिल्यै भुल्दिन त्यो क्षण । अनि कता कता डर पनि लागेकोथ्यो म बहिरी भन्ने थाहा पाएरपो होकी उस्लेनी मेरो वास्ता नगरेको ? भोलिपल्ट मंगलवारको दिनमा पुजा गर्न टंगालको गणेश मन्दिर गको थेँ पुजा सकेर फर्किन मात्र के लगेकोथे ऊ आउदै गरेको देखे अनि मनले भन्यो जा उस्लाईनी लगाईदे टिका अनि पाती, अनि सोचेँ आ जे होस् आज त बोल्छु यहि बाहनामा उस्को छेउ गएर ईसारा गरे टिका लाईदिउ भनेर ऊ भर्खर पुजेर आ’को गणेश को मुर्ति झै चुपचाप कुनै जवाफ दिएन म झन् चकित भएँ अनि उस्को छेउको दिदीले मलाई इसारा गर्नुभयो ऊ त आँखा देख्दैन भनेर ।
 712d7a70a92aece4612bb54ebc5aa704मेरो हातबाट पुजाको थालि खसेछ हत्तनपत्त उठे अनि केहि नबोली आफ्नो बाटो लागे रातभर त्यो दृश्यले सताइरह्यो । अव झन् फसाद कसरी मनको कुरा ब्यक्त गरौ ऊ देख्दैन । म बोल्न सक्दिन । कस्तो बिडम्बना । अनि सधै पुज्ने भगवान देखिनी वितृष्णा जाग्न लाग्यो । सराप्न मन लग्यो अव आफैँले आवाज नदिदापनि कुनै गुनासो नभाको भगवानप्रति आज एकाएक प्रश्न गर्न मन लाग्यो । हे भगवान किन कसैलाई पीडाको सागर त कसैलाई खुशीनै खुशीको सगर दिन्छौँ आखिर किन भगवान, किन, रात भर सोचेरै उज्यालो भयो भोलिपल्ट मनको आवाज निकाल्न मैले ब्रेनलिपि पढ्ने निर्णयको साथ क्रितिपुर ल्याब्रेटरी गएँ । नक्सालबाट क्रितिपुर अलि टाढा २ वटा बस फेर्नु पर्ने भएकाले नजिकको स्कुल सोध्दा धोबीखोलामा नेपाल नेत्रहीन संघ रहेको थाहा पाएँ । र त्यहि गएर निलकुमार मगर दिलाई आफ्नो सब कुरा लेखेर बताए अनि उहाँको सहयोगमा उसको साथ अनि सामिप्यताको निम्ति ब्रेनलिपि सिकेँ । आवाज सुन्नका निम्ति कान चेक गराएर माईक्रोफोनको सहायता लिएँ अनि आफ्नो कुरा ब्यक्त गर्नका निम्ति उस्को घर गएँ । ऊ थिएन घरबेटीलाई सोधे ऊ गाउँ गएको कुरा थाहा पाएँ । जवकी उस्को नाम पनि थाहा थिएन मलाई । उस्को निम्ति यतिधेरै त्याग आखिर के का निम्ति जवकी उसलाई म यो संसारको प्राणी भन्नेनी थाहा छैन । आज उसकै निम्ति मेरो यत्रो लगाबः म आफैँलाई निहाल्न लागे अनि सोधे उस्को नाम के हो ? घरबेटीले भन्नु भयो सुमन नामै सुमन अनि किन नतानोस त उस्को आकर्षणले अनि बास्नाले ।
त्यसपछि घर गएर फेसबुक खोलेर सर्च गरे उसले सधै लगाउने पोसाक मै रैछ ऊ फेसबुकमा फ्रेन्ड रिक्वेष्टका साथ मैले मेरो सबै कुरा ब्यक्त गरेर म्यासेज गरेँ । उसले आवाजबाट सुन्न सक्दोरहेछ लेखेका कुरा । उसले मैले लेखेको कुरा सुनेर रिप्लाई गर्यो हत्तनपत्त म्यासेज पढे उसले लेखेको रैछ ‘सरि रोसनी धेरै ढिला भयो । मलाई पहिलानै किन भनेनौँ ? मलाई थाहा थियो तिमीले मलाई मनपराउछौँ भनेर मैले यो निर्णय लिनुभन्दा पहिला धेरै खोजे तिमी थिएनौँ सधै हुने ठाउँ मलाई मेरो साथीले तिम्रो बारे भनेको थियो । म किन गाउँ आको थाहा छ ? मेरो विवाह हुँदैछ पर्सि १३ गते मेरो बा आमाले रोज्नुभाको केटी संग । अव म केहिपनि गर्न सक्दिन । हो रोसनी तिम्रो मायाको रोसनी छर्न अलि ढिला गरेउ । यति पढेको मात्र के थिएँ म त डाको छाडेर रुन पो लागेछु । अनि सम्हाले मनलाई अव त त्यो रमाईलो लाग्ने चिया पसल नि किनकिन उजाड मरुभुमी लाग्छ । जहाँ म हिमालबाट भर्खर झर्दैछु जस्तो भान हुन्छ । जाननी छाडिदिएँ साथीहरु आउछन घरमा किन रोसनी अचेल आउनै छाडीस त भन्दै । अनेक बहाना बनाएर टार्ने गर्छु किनकि सुमन जव त्यहा जान्छु तिम्रो यादले एकदम सताउछ । हो सुमन तिमीले मेरो दृश्य नै तिमी संगै लगेछौँ । अहिले म बाहिरी दृश्य त देख्छु तर जही तही तिमीलाईनै देख्छु हो सुमन जहितही तिमी नै तिमी ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget