Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

यातायात क्षेत्रका सम्पुर्ण मजदुरहरुलाई समेटेर नेपाल यातायात संयुक्त मजदुर संघ स्थापना गदै,, मोरङ्गको सुन्दर दुलारीमा ११ सदस्यिय तदर्थ समिति गठन

अर्जुन गुरागाँई इटहरी
साउन २२

नेपालको ७५ वटा जिल्लामा रहेका यातायात क्षेत्रका सम्पुर्ण मजदुरहरुलाई समेटेर नेपाल यातायात संयुक्त मजदुर संघ स्थापना भएको छ । नेपाल यातायात संयुक्त मजदुर संघ स्थापनासगै आज मोरङ्गको सुन्दर दुलारीमा ११ जनाको तदर्थ समिति गठन गरेको छ । तदर्थ समिति गठनको मुख्य उदेश्य यातायात  क्षेत्रमा काम गदंै आएका मजदुरहरुको हक हितको लागि राज्यले कुनै चासो नदेखाएको र मजदुरहरुले पाउने सेवा सुविधा बाट वञ्चित भएका कारण  सम्पुर्ण यातायात मजदुरहरुलाई विभिन्न सेवा सुविधा को व्यावस्था गर्ने उद्येश्यले नेपाल यातायात मजदुर संघले आज तदर्थ समिति गठन गरेको हो । समितिमा अध्यक्ष विनोद परियार, उपाध्यक्ष विजयकुमार राइ, सचिव रमेश कोइराला , सह सचिव मनोज गिरी , कोषाध्यक्ष धन कुमार राइ, सदस्यहरुमा  जुग नारायण यादव , महेश गिरी , पर्शुराम बराइली , सनम सेर्पा , बल बहादुर पौडेल र प्रेम बहादुर खड्का चयन गरीएको छ । तदर्थ समितिको कार्यालय मोरङ्गको विराट चौकमा राखिने कार्यक्रम संयोजक तथा समितिका अध्यक्ष विनोद परियारले जनकारी दिनुभयो ।केन्द्रिय अध्यक्ष गणेश भण्डारी बरिष्ट उपाध्यक्ष दल बहादुर गुरुङ उपाध्यक्ष किसान शाक्य कोषादक्ष मोहन कर्ण लिम्बु केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद काफ्ले र चन्द्र ब कार्की रहेको समिति गठन भएको छ ।।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget