Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उधौली पूजा समितीले मोरङको सुन्दरदुलारीमा राष्ट्रीय भेला गरि संस्कृती जोगाउन एक जुट हुने निर्णय



सुप्रिया राई
इटहरी÷ चासोक तङनाम उधौली पूजा समितीले बिहीबार मोरङको सुन्दरदुलारी नगरपालिकाको गछियामा राष्ट्रीय भेला गरि संस्कृती जोगाउन एक जुट हुने निर्णय गरेको छ । पूर्वमा १० लिम्बुवान र १७ थुम लिम्बुका  ६९९ थर रहेका छन् । कार्यक्रममा डा.शिवमाया तुम्वाहाम्फे, डा.रमेश लिम्बु, डा.मोहन तुम्वाहाम्फे र डा.दिलकुमार हाङस्रुङले लिम्बुहरुको संस्कार र संस्कृती अरुको संस्कार र संस्कृृतीबाट अतिक्रमण भइरहेको बताए । उनीहरुले लिम्बुहरुले आफ्नो भाषा आफैं बोल्न नसक्नु र आफैं बुझ्न नसक्नु दुखको कुरा भएको बताए । उनीहरुले अब संस्कार र संस्कृतीको जगेर्ना घर भित्रबाटै सुरु गरेर राज्य सम्म पुग्नु पर्ने उल्लेख गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका संसद तथा नेपाली कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बुले किरात धर्म मान्नेकी हिन्दू धर्म भन्नेमा विवाद रहेपनि आफूहरुले पुस्तौंदेखी हिन्दू धर्मलाई स्वीकारेर आएको बताए ।

चासोक तङनाम उधौली पूजा समितिले पत्रकारलाई सम्मान पनि गरेको थियो । कान्तिपुरका सुनसरी सम्वाददाता वेदराज पौडेल, प्रतिक्षणकी सुप्रिया राई, पूर्वी बजारका राजेश बराल र पूर्वी हटलाईन दैनिकका टीका विकलाई सम्मान गरेका थिए । मुलक भरिमा तीन लाख ५० हजार संख्यामा रहेका लिम्बुहरुका कति थर छन भन्ने विषयमा यकिन छैन । फरक फरक धारणा आउन थालेपछि एकै थलोमा भेलाभएर लिम्बुहरुले संस्कार, संस्कृती र जातका विषयमा तथ्यगत निर्णय लिने भएका हुन । संस्कार र संस्कृती जोगाउन राज्यले लिम्बुहरुलाई अधिकार दिनु पर्ने माग उनीहरुको भेलाले गरेको छ ।
 भेलाले लिम्बुहरुको संस्कार र संकृति जोगाउन राम्रो निर्णय गरेको बताए । उनले विभिन्न पार्टी, विचारर ओहोदामा बसेर पनि लिम्बु संस्कार र संस्कृती जोगाउने विषयमा सबैको एक मत हुनु उपलब्धि मुलक रहेको पूजा समितिका अध्यक्ष लिलत सरेङ चोङवाङले बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget