इटहरीमा रहेको एपेक्स हस्पिटलमा नियमित सेवा दिइरहनु भएका प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. वालकृष्ण शाह संग सुप्रिया राईले गरेको कुराकानी प्रस्तुत गरीएको छ ।
१ आजभोली केमा व्यस्त हुनुहुन्छ ?
भन्नु पर्दा चिकित्सा पेसामानै वढि व्यस्त भइन्छ,त्यस भाहेक लायन्स क्लव विराटनगरको अध्यक्ष पनि भएकोले त्याहा पनि अनि सामाजिक कामहरुमा व्यस्त भएरनै दिनहरु वितिरहेको छ लेखनमा पनि ध्यान दिन्छु ।
२ पुर्वमा विषेसज्ञ डा. खोज्दै आउने चलन कतिको छ ?
धेरैनै छ तर पहिलानै विभिन्न ठाँउमा गएर समस्या जटिल भैसकेर आउनु हुदा चै दुःख लागेर आउछ ।
३ तपाई सँग आउने विरामी कस्तो कस्तो समस्या लिएर आउने गर्नु हुन्छ ?
प्रसुति,वाजोपन,फिस्टुला,गर्भपतन,लगायतको समस्या लिएर वढि मात्रामा आउने गर्नु हुन्छ ।
४ महिला स्वास्थ्य प्रजनन् भनेको के हो ?
महिला प्रजनन् स्वास्थ्य भन्ने वितिकै जस्ताको तस्तै उत्पादन गर्नु हो,त्यससग सम्वन्धित सवै फिजिकली,मेन्टली,सोसल्ली,नर्मल अवस्था भन्दा वाहिर गएको समस्याहरुनै महिला प्रजनन् समस्या हुन ।
५ नेपाली महिलाहरुले भोग्नु परेको समस्याहरु के के हुन् ?
जहा सामाजिक आर्थिक मानसिक समस्याहरु छ त्याका महिलाहरुलाई धेरै प्रकारको समस्याहरु झेल्नु परिरहेको छ । तर जहा महिलाहरुलाई सामाजिक आर्थिक मानसिक रुपमा समस्या छ त्याहाको महिलाहरुलाई स्वास्थ्यमा पनि समस्या छ ।
६ अवैध गर्भपतन सम्वन्धि कानुनी व्यवस्था कस्तो छ ?
१२ हप्ता सम्मको गर्भ लाई राज्यले वैध गर्भ मानेको छ ।४ वटा प्रावधानहरु छन् गर्धको अवधि,गर्भवतिमहिला को मञ्जुरीमा,मानसिक अवस्था ठिक नभएको महिलाको नजिकको नातेदारको मञ्जुरीमा,गर्भपतन गराउने चिकित्सा पनि सुचिकृत भित्र हुनु पर्ने लाई कानुनले सुरक्षित गर्भपतन को व्यवस्था गरेको छ ।
७ आम नेपाली महिलाहरुले भोग्नु परेको वर्तमान प्रजनन् स्वास्थ्य समस्या कस्तो छ ?
आम नेपाली महिलाहरुको प्रजनन् समस्या भेनेको पाठेघर सम्वन्धि समस्यानै वढि छ ।
८ दैनिक कति विरामीको उपचार गर्नु हुन्छ ?
दैनिक ७ देखि १० नियमित गर्ने गरिन्छ ।
सुरुमा काम गर्दा असजिलो भएन ?
त्यस्तो असजिलो खासै भएन ।
९ कामको दौरानमा त्यस्तो असजिलो भएको याद छ ?
कामको दौरानमा त्यस्तो असजिलो एकपल्ट भएको छ,मेरो वहिनीको उपचार गर्ने क्रममा मैले गर्न असहज भए पछि, कोही पनि डा. नभएको अवस्था थियो त्यो बेला मैले आफु संग काम गर्ने नर्सलाई उपचाँर गर्न लगाउनु परेको थियो त्यो बेला भने निक्कै नरमाइलो महसुस गरेको थिए ।
१० उपचारको लागी कहा कहा वाट विरामी आउने गरेको छ ?
विषेस गरी झापा,सुनसरी,मोरङ को वढि मात्रामा आउनु हुन्छ, म पनि वढि झापा,मोरङ नै वसेको भएर होला ।