अर्जुन गुरागाई
नेपालि हरु को माहान चाड तीज को अवसर पारेर पुर्व मा चर्चित संचारकर्मि तथा गायिका चन्दा खडकाले शनिबार आफ्नो दोस्रो गीति एल्बम “माइतीघर २ को तिज बिषेश कार्यक्रम को आयोजना गरि बिमोचन गर्नुभएको छ ।
माइति घर–२ को प्राज्ञ राम धामी र सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले संयुक्तरुपमा विमोचन गरे । कार्यक्रममा चन्दाले तीज गीत गाएर पनि दर्शकलाई मनोरञ्जन दिलाइन् । कार्यक्रममा लोकदोहरी गायक राजन क्षेत्रीसहित इटहरीका अन्य कलाकारले पनि प्रस्तुती दिएका थिए ।

एल्बम विमोचन कार्यक्रममा प्राज्ञ राम धामी, सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाई, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारी, उद्योग वाणिज्य संघका पूर्वाञ्चल अध्यक्ष टंक दुलाल, उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेश विष्ट, कवि मनु मञ्जिल लगायतको सहभागिता रहेको थियो ।

अडियो तथा भिडियो बिमोचन पश्चात बरिष्ट साहित्यकार मनु मन्जिल ले गायिका चन्दा को प्रयास धेरै र रास्ट्रिय स्तर को गीत तथा भिडियो भएको बताउनु भयो भने बरिष्ट संगीतकार प्रा ज्ञ राम धामी ले मोफसल मै रहेर पनि यतिका गरेर भिडियो निर्माण गर्नु को पछाडी निकै चुनौती रहेको बताउनु भयो ।

गायीका चन्दाले परिवार को पूर्ण साथ् पाएको ले गर्दा पनि अहिले सम्म यो क्षेत्र लाई निरन्तरता दिएको बताउदै अब छिटै अर्को एल्बम पनि लिएर आउने जानकारी दिनु भयो ।
कार्यक्रम महिला संजाल को आयोजना तथा ससि डान्स सेन्टरको संयोजनमा सम्पन्न भएको हो ।।