विराटनगर , १३ भाद्र । सुनसरी र सप्तरी जिल्लामा आइतबार पानीमा डुबेर दुई जनाको ज्यान गएको छ।
घर नजिकै को पोखरीमा डुबेर सुनसरी नरसिङ- ९ बस्ने प्रकाश उरावको २ वर्षका छोरा राकेश उरावको मृत्यु भएको छ।
घर नजिकै खेल्दै गरेका बालकलाई अपरान्ह ३ बजेतिर स्थानीयले पोखरीमा डुबेको अवस्थामा फेला पारी उपचारकालागी इनरुवा अस्पताल लगेका थिए। उनको सोही अस्पतालमा साढे ४ बजे मृत्यु भएको हो।
त्यसैगरी सप्तरी त्रिकोल-९ का रामकुमार मण्डलको १३ वर्षकी छोरी सन्तोषी मण्डलको आफ्नै गाउँमा रहेको सार्वजनिक पोखरीमा भैसीलाई नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।
मृतकको शव पोष्टमार्टकलागी राजविराज अंचल अस्पतालमा राखिएको छ।