Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

धरान उपमहानगरपालिकाको सेउती र सर्दू खोलामा सालैपिछे बर्षादको समयमा आउने बाढीले भरौल बकलौरी गाविस पीडित

सुप्रिया राई साउन २९
इटहरी÷सुनसरी जिल्लाको उत्तरी क्षेत्रमा रहेको धरान उपमहानगरपालिकाको दायाँबायाँ रहेका सेउती र सर्दू खोलामा सालैपिछे बर्षादको समयमा आउने बाढीले भरौल बकलौरी गाविस जहिले पनि पीडित बन्दै आईरहेको छ । बकलौरी ९ र भरौल ३ को बीच भाग भएर बग्ने सर्दू खोलामा आएको बाढी बह्रत्तर विगे क्षेत्रमा पसेपछि त्यहाँमात्र १२ विगाहभन्दा बढि धान खेत पुरै नष्ट भएको छ । बाढी पसेर बालुवामा रुपान्तरण भएको धानखेतीमध्ये केहीले दाल हानेका छन ।बाढीले गौरीमान लिम्वू पञ्चबहादुर लिम्वू कुमारी लिम्वू भोजमाया लिम्वू रविल लिम्वू सलबहादुर कार्की, कमल भुजेल जगत राजधामी सम्झना लिम्वू हेमाशङ्कर राई लगायतको धानबाली पुरै नष्ट भएको हो । सर्दू र सेउती खोलाले गरेको डुवानका विषयमा कहि कतैबाट रेखदेख र सुनवाई समेत नभएकाले किसानहरुले के खाने हो भन्ने जटिल समस्या आउन सक्ने खतरा रहेको स्थानीयवासी पुष्प प्याकुरेलले बताउनु भएको छ । सोही विषयमा स्थानीय पीडित किसान जगत राजधामीले पनि सर्दू र सेउती खोलामा आउने बाढीले पु¥याएको नोक्सानीका बिषयमा कसैले सुनवाई नगरेको बताउँदै उनले पनि गरिवप्रति राज्यले समेत नहेर्ने रहेछ भन्नुहुन्छ । यता सेउती खोलामा आएको बाढीले धरानको सम्पूर्ण फोहोर बगाएर बकलौरीको पूर्वी भागमा थुपारिदिँदा कबलौरीबासीले हैजादेखि विभिन्न रोग्रब्याधीको हरेक बर्ष सामाना गर्दै आउनु परिरहेको छ ।धरान उपमहानगरपालिकाले फोहोरमैला ब्यवस्थापन नगर्नु र चारकोशे जङ्गलको सेउती किनारमा ल्याएर थुपार्ने गलत कार्य गर्दा बकलौरीबासीले हरेक बर्ष धरानबासीले उत्पादन गरेको फोहोर बर्खाको समयमा पीडाका रुपमा ब्यहोर्नु परिरहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget