Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राजधानीमा एक दर्जन तीज गीत लोकार्पण ।


काठमाण्डौ २३ साउन । सास्कृतिक पर्व हरितालिका तीजको अबसर पारेर राजधानीमा विभिन्न लोक गायीकाको आजावमा सजिएका झण्डै एक दर्जन तीज विशेष गीत सार्वजनिक गरिएको छ ।
       
       राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा राजधानीको मिडिया इन्टरन्याशनलमा आयोजित विशेष कार्यक्रममा, विभिन्न चर्चित लोक गायक—गायिका झण्डै एक दर्जन तीज गीत सार्वजनिक गरिएको हो । सो अबसरमा, चर्चित गायीका उमा श्रेष्ठको सिताराले भरिएको घुम्टो ओढेर, चन्दा अर्यालको, चाहिँदैन मलाई चाहिँदैन, मन्जु गौतमको कम्मर मर्काउदै आगन थर्काउँदै, सुनिता गुरुङको तिजको लहर २०७३, सुस्मा लामाको बाँसैको तामाले, प्रमिला तामाङको कम्मरले ल्यायो नम्बर, खुसी घिसिङको तालि बजाउन, विरबल ढकाल र सुर्य घलेको मायालाई सम्झेर आउँदै गरौला, संगीता श्रेष्ठ र कमल सुसान्त केसीको मरक्कै कम्मर भाच्नु परे भाच्छु, नामक तीज विशेष गीतिसंग्रहको सामुहिक सार्वजनिक गरिएको हो ।
     
    सो अबसरमा प्राध्यापक तथा सांसद कान्ता भट्राईले नेपाली नारीहरुको महान पर्वको अबसरको सास्कृतीक पक्ष बलियो बनाउन नेपाली गायिकाले पु¥याएको योगदान प्रशसा योग्य रहेको बताए। तर तीज गीतका नाममा मौलिकता हराउने डर बढेको भन्दै उन्ले चिन्ता व्यत्त गरे। सो अबसरमा राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले, नेपाली संगित क्षेत्र ओरालो लागेका बेला पनि मौलिक तीज गितको संरक्षणका लागि नेपाली गायिकाहरुले देखाउनु भएको उत्साह प्रशंसा योग्य रहेको बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget