Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गीतकार भगीरथ दाहालको, दुई कृति एक साथ लोकापर्ण ।


काठमाडौं २३ साउन । गीतकार भगीरथ दाहालको एकल रचनामा रहेको आधुनिकगीतिएल्वम ‘अनुकम्पा’र उहाँद्धारा रचितगीति पुस्तक संग्रह ‘आफ्ना पराया’को चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, गायक रामेश श्रेष्ठ, गीतकार केशवराज राजभण्डारी, चर्चित संगीतकार राजु सिंहद्धारा लोकापर्ण सम्पन्नभएको छ । आधुनिक एल्वममा सुरेन्द्र श्रेष्ठको संगीतमा चर्चित गायक÷गायिकाअन्जु पन्त, रामकृष्ण ढकाल, प्रमोद खरेल, बेनुका राई, दिपामहर्जन तथा सुरेन्द्र श्रेष्ठको स्वर रहेको छ ।यस एल्वमअनुकम्पामा ६ वटा गीतहरु संग्रहित छन् । भने गीति संग्रहमा७७ वटा गीतहरु रहेका छन् ।
लोकापर्ण समारोहमा गायिकाद्धय बेनुका राई र दिपामहर्जनले गीत गाएका थिए । गायिकाअन्जु पन्तको स्वरमा रहेको “म रुँदा हास्ने ”बोलको गीतको भिडियो पनि सार्वजनिकगरिएको थियो । उक्त भिडियोमा  सम्पदाबानिँया, राजेन्द्र लुईटेल, रवि सुवेदी, रामकृष्ण श्रेष्ठ आदिको अभिनय रहेको छ । सोनामपाख्रिनको निर्देशनमा अमृत सुनुवारको छायांकन तथाप्रविनश्रेष्ठको सम्पादन रहेको छ । कार्यक्रममा बोल्दै वरिष्ठ गायक रामेश श्रेष्ठले गीतकार भगीरथ दाहालविदेशमा बसेर पनि नेपाली संगीतप्रतिको मायालाई खुलेर प्रशंसा गरेका थिए । संगीतकार, गायक सबैको मेहनतले एउटा राम्रो एल्वम बनेकोमा खुसीव्यक्त गर्दै शुभकामनाव्यक्त गरे । कार्यक्रमका प्रमुखअथिति मदनकृष्ण श्रेष्ठले अनुकम्पामा सबै प्रकारको गीत समेटेको र आफुलाई मन परेकोे बताए । राम्रो सृजनालाई मिडियाले स्थान दिनआग्रह गर्दै रेडियोमागीत बजाउँदा गीतकार, संगीतकारको नाम पनि प्रशारण गर्न अनुरोध गरे । चर्चित संगीतकार राजु सिंहले एउटा उत्कृष्ठ एल्वम  बनेको बताए । एल्वमको हरेक पक्ष राम्रो भएको बताउँदै सबैको मेहनतको प्रशंसा गरेकाथिए ।एल्वममा नेपालीमौलिक पन पाएको बताउँदै सिंहले संगीतकार सुरेन्द्र श्रेष्ठको प्रशंसा एंवशुभकामनादिए । गीतकार तथा पूर्वनिर्वाचन आयुक्त केशवराज राजभण्डारीले गीतिएल्वम तथा  गीति संग्रहको सफलताको शुभकामनादिए । यस एल्वमको प्रस्तुतकर्ता भने अन्जु उप्रेति दाहाल रहेकी छन् । रंगीनसंसार डट कम तथा मूलधार साप्ताहिक मिडिया पार्टनर रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget