काठमाडौं, ११ भदौ । नेपालीको महान चार्ड दशै नजिकिदै गर्दा राजधानीमा चलचित्र ‘मन दुखेको दशैं’ निर्माण हुने घोषणा भएको छ । सिद्धार्थ इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बन्न लागेको यो चलचित्रको शुक्रबार भद्रकालीमा शुभमुहूर्त गरिएको छ ।
चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसी, मिनप्रसाद श्रेष्ठ, श्रीकृष्ण फुयाँल र सिद्धार्थ फुयाँललगायतले चलचित्रको मुर्हत गरेका थिए ।चलचित्रमा दशैमा गरिव परिवारमा हुने यथार्त घटनालाई प्रस्तुत गरिने कलाकार श्रीकृष्ण फुयालले बताए ।
दीपक बस्नेत निर्माण रहने ‘मन दुखेको दशैं’ मा श्रीकृष्ण फुयाँल अलवा सरिताराज उपाध्याय, अशोकसम्राट खड्का, जिज्ञासा थापालगायत बाल कलाकारमा सिद्धार्थ फुयाँलको अभिनय रहने भएको छ । समाजमा हुने खानेको दशैं र हुँदा खानेको दशैंमा देखिने अन्र्तरबारे चलचित्रमा चित्रण गरिने निर्देशक मणिराज अर्यालले बताए ।