सप्तरी,१३ भाद्र । सप्तरीको महादेवा-२ कजैलीमा आइतबार आगलागीबाट दुई घर जल्दा अन्दाजी ७ लाख बराबरको क्षति भएको छ।
स्थानीय उपिन्दर मण्डलको ग्वाली घरको विधुत लाईन सर्ट भई उनको तथा छिमेकी मोतीलाल मण्डलको घर जलेको हो।
आगलागीबाट घर तथा घरभित्रको सामान जल्दा अन्दाजी ७ लाख बराबरको क्षति भएको पीडितले बताएका छन्।
आगो स्थानीयवासीको प्रयासबाट नियन्त्रणमा आएको थियो।