Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गायीका सुनिता भन्छिन उमेर पुग्यो बैश चड्यो कति बस्नु माइत, भनेपछि यो साल....!!(भिडीयो)


अर्जुन गुरागाई
पछिल्लो समय गायीका सुनिता कटवालका गितले चर्चा कमाउदै गएका छन । तिजको अबशरमा गित निकाल्दै आउनुभएकी सुनिता ले यो बर्ष पनि तिजको अबशरमा उमेर पुग्यो बैश चड्यो कति बस्नु माइत बोलको गित यतिखेर पुर्वमा निकै चर्चा बटुल्दै छ ।  पूर्वेली गायीका सुनिता कटवालले यस बर्ष पनि तीज गीतको म्यूजिक भिडियो समेत बजारमा ल्याउनु भएको छ । गत बर्ष को हरेक साल माहादेब बोको गितबाट राम्रो प्रतिक्रिया श्रोताको माया धेरै पाएकाले पनि यो साल पनि गित निकालेको उहाको भनाई छ ।  इटहरीलाईकर्मथलो बनाउदै आउनु भएकी गायीका सुनिताले यो बर्षको तीजलाई लक्षित गरी आफनै शब्द र स्वरमा ‘उमेर पुग्यो बैशा चढ्यो कति बसौमाईत यो शाल त शिवजी जुराईदेउन साईत’ बोलको तीज गीतको म्यूजीक भिडियो हालै बजारमा ल्याउनु भएको हो । बलराम समालकोसङ्गीत रहेको उक्त तीज गीत लोक भाकामा भएको गायीका कट्वालले बताउनु भयो । गत बर्ष देखी तीजका गीतमा बजारमा ल्याउन थाल्नु भएकी गायीका गत बर्षका गीत मनपराउने दर्शक र श्रोताको चाहाना अनुसार यस बर्ष पनि तीज गीत बजारमा ल्याएको बताउनु हुन्छ । न्यू बज्जु क्रिएसनको छायाकङ्न र सम्पादनमा बजारमा आएको भिडियोमा सबिता परियारले कोरीयो ग्राफर गर्नु भएको छ । उक्त गीत इटहरीको पाथिभरा रेकडिङ स्टुडियोमा रेकर्ड गरीएको हो । स्टुडियोका प्रमुख सङ्गीत प्रशिक्षक समेत रहनु भएका संगीतकार बलराम समाल सुनिताको तीज गीत श्रोता र दर्शकको मन छुने गीत भएको बताउनु हुन्छ । भिडियोको मुख्य भुमीकामा कोरीयो ग्राफर परियार र अस्मिता कोईराला रहेका छन । पप आधुनिक बिधाका गीत गाउदै आउनु भएकी गायीका कट्वाल एकै ब्यक्तिले मेहनत गर्दा सबै किसिमका गीत गाउन सकिन्छ भन्ने प्रमाणीत गर्न यस बर्ष लोक गीतमा बल गरेको बताउनु हुन्छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget