
बुटवल, अर्जुन गुरागाई
नेपालमा प्रबिधिको बिकाश संगै धेरै कुराहरु अगाडी आएका छन । जसमा फेशबुक टुइटर अनि युटुब हरु बिषेश अगाडै आएका छन । यि मध्ये पनि युटुबमा पछिल्लो समय भिडियो अपलोड गर्नेको पनि भिड लागेको छ । जसमा प्राङकको पनि अहिले बिषेश देख्न सकिन्छ । नेपालमा पछिल्लो समय प्राङक निकै चर्चामा छ, अनि निकै राम्रो भबिष्य हुने बिश्वास गर्न थालीलेको छ । यहि प्राङकहरुको बिडमा लाफ नेपाल लाफ युटुब च्यानल अहिले निकै चर्चित छ । लाफ नेपाल लाफ युटुब च्यानल २०१५ सेप्टेम्बर १५ बाट सुरु भएको यसका संचालक सुरज रेग्मीले जानकारी दिनु भएको छ । सुरुमा मनोरञ्जन दिने खालका भिडीयोहरु जस्तै कमेडी, भेनिस, प्राङक, प्यारोडी सबै खाले अपलोड गर्ने सोचमा संचालनमा ल्याएको युटुब च्यानल केही समय पछि प्राङकलाई सबैले मन पराएकाले प्राङक तिर पनि परिमार्जित भएको हो । पाल्पामा जन्मनु भएका सुरजको बाल्यकाल भने बुटवलमा सर्घष गर्दै बितीरहेको छ । उहाले श्री कान्ती उच्च मा बि बुटवल बाट एस एल सी पास गर्नु भएको हो । अहिले केही समय अघि मात्र लुम्बीनी इन्जीनियरीङ्ग कलेजमा कम्प्युटर इन्जीनियरीङ्गमा डिप्लोमाको अन्तिम परिक्षा बाकी छ ।

प्रस्तुत छ लाफ नेपाल लाफ युटुब च्यानल का संचालक सुरज रेग्मीसंग गरीएको कुराकानी ।
सुरज जी यहालाई स्वागत छ ?
धन्यवाद नमस्कार
के मा ब्यस्त हुनुहुन्छ ?
हल्का प्राङक मा अनि पढाई कम्प्युटर इन्जीनियरीङ्गमा डिप्लोमाको अन्तीम सेमिस्टारको परिक्षको तयारी पनि गर्दै छु । साथी भाइ संग भेटघाट तेस्तै तेस्तै ।
प्राङक भन्नाले के बुझ्नु भाको छ ?
खासमा मान्छेको रियाक्सन बुझ्नको लागि गर्छौ । एउटा मान्छे लाई कन्फ्युज अनि अचम्मीत बनाएर लाखै मान्छेलाई लाई हसाउछौ हामी , यसैलाई प्राङक भन्ने बुझ्छौ ।
लाफ नेपाल लाफ को स्थापना गर्दा प्राङक बनाउछौ या अरु कुनै भिडीयो लगाउछौ भन्ने थियो ?
हामीले सुरुमा कमेडी भिडीयो अपलोड गर्ने सोचले च्यानल खोलेको हो पछि गएर प्राङक तिर मोडीयौ ।
यो च्यानल को सुरुवाद गर्दा कति जना हुनुहुन्थ्यो ?
सुरुमा हामी २ जना उत्तम नेपाल अनि म सुरज रेग्मी हामीले २०१५ सेप्टेम्बर १५ बाट सुरु गरेको हो । १ बर्ष पनि भएको छैन । अहिले ५–६ जना छौ ।
प्राङक गर्दा रमाइलो कमेडी त गर्नुहुन्छ यसबाट समाजलाई के फाइदा पुग्छ ? अहिले सम्म सामाजीक काम गर्नु भएको छ ?
हा हा रमाइलो कमेडी गर्दा समाजलाई हासाएर खुसी बनाएका छौ, त्यो त छदै छ हामी सामाजीक कार्यमा पनि संमलग्न छौ अस्ति भरखर मात्र आपाङ्ग आश्रम मा गएर त्याहा आवश्यक पर्ने सामाग्री हरु बितरण गरेका थियौ । त्यस्तै हामी बेला बेलामा बृद्धा आश्रमा जाने गरेका छौ । हेरौ गर्दै छौ ।
अनि सुरुमा २ जना उत्तम नेपाल अनि तपाई २जनाले सुरु गर्नु भएको अहिले कति जना हुनुहुन्छ ?
हो सुरुमा हामी २ जनाले सुरु गरीम अहिले हामी ५–६ जना छौ । बिसाल भुसाल, रोहीत कार्की, मनोज भुसाल अनि उत्तम र म छौ धेरै काम हुन्छ ५–६ जना त चाहिन्छ । अनि नया नया भिडीयोमा अरु नया साथीहरुले सहयो गर्नु भएको छ ।
अब भिडीयो त खिच्नु हुन्छ , मिक्सीङ्ग इडिटिङ्गको काम चै आपैm कि अरु लाई नै लाउनु हुन्छ ?
हजुर हामी मिक्सीङ्ग इडिटिङ्गको काम सबै हामि आफै गछौ । त्यसैले नि हामिले ग्रुप ५ जनाको बनाएर काम बाडेर गर्दै छौ ।
काम गर्दा कस्ता कस्ता कुरा हुन्छ ? मान्छेलाई मुर्ख बनाउनु पर्छ ?
हे हे गाली चै मजाले खान्छौ । नेपालमा धेरै मान्छे लाई प्राङकको बारेमा थाहा छैन त्यो भएर पनि हो । तर हामि प्राङको बारेमा मज्जाले बुझाउछौ । जे होस धेरै मान्छे लाई हसाउन पाएका छौ खुसी नै छौ ।
सुरज जी लाफ नेपाल लाफ युटुब च्यानल मा सस्क्राइब अनि भियुज कति पुगेको आजको दिन सम्ममा ?
९ हजार ३सय सस्क्राइव लगभग १३ लाख भ्युज पुगेको छ अहिले सम्म र क्रमश बड्दो छ । अनि हामीले एउटा प्राङक गरेका थियो भिखारी भन्ने त्यसमा २ लाख माथि पुगेको छ भ्युव ।
सुरज जी प्राङकको भबिष्य चै कस्तो देख्नु भएको छ ?
भरखर भरखर कल्चर भित्रीदै छ र प्रबिधीको बिकाश लाई सबैले आत्मासात गर्नै प¥यो । युटुब नभएको भए यो सब कुरा गर्न गाह्रो थियो । र इन्टरनेट चलाउने धेरै भएको कारण सबैलाइ जानकारी दिनेहुँदा समग्रमा रामै छ । यसको भविश्य मलाइ लाग्छ अवको ५ ६ वर्ष पछी इन्टरनेटको पहुँच सवै ठाउँमा पुग्ने छ । प्राय मान्छे युटुबलाई हेर्नेछन ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ? आफ्ना भ्युवरलाई अनि जसलाई प्राङक बारे थाहा छैन र हेर्नु हुन्न ?
भ्युवरहरु लाई त धेरै धेरै धन्यवाद अनि यस्तै गरीनै आउदा दिनहरुमा पनि सर्पोट गर्देै जानु होला । मुख्यत हामीलाई सुझाव सल्लाह र प्रतिक्रिया दिनु होला । यो हाम्रो लागि एकदमै महत्वपुर्ण हुने छ । अनि जस्ले हेर्नु हुन्न उहाहरुलाई एक पटक हेर्न आग्रह गर्दछु ।
सुरज जि यहालाइ यो समयको लागी धन्यवाद अनि यहाको च्यानलाई शुभकामना ।
हजुरलाई पनि धन्यबाद ।।
च्यानल सस्क्राइबको लागी याहा क्लिक गर्नुहास
https://www.youtube.com/channel/UCmGCFnUgXYoepOazCZrG88Q
प्राङक हेर्नको लागी याहा क्लिक गर्नुहास