Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङका विद्यार्थी नेताहरूबाट विभिन्न पदमा उम्मेद्वारी ।

         
मोरङ २२ साउन । नेपाल विद्यार्थी संघको ११ औं केन्द्रीय महाधिवेशनको सरगर्मी बढिरहेको बेला मोरङका विद्यार्थी नेताहरूबाट विभिन्न पदमा उम्मेद्वारी दिएका छन । मोरङ क्षेत्र नं। २ को सचिव ,सभापति हुँदै सकुना बहुमुखी क्याम्पसको इकाई उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका बस्नेत सोही क्याम्पसबाट नेविसंघका तर्फबाट स्ववियू निर्वाचनमा उपाध्यक्ष पदको उम्मेद्वार समेत बनेका थिए । संगठन गर्न सिपालु विद्यार्थी नेता बस्नेत पार्टीको राजनीतिमा भन्दा विद्यार्थी राजनीतिमा नै बढी सक्रिय छन् ।


सोही क्रममा मोरङको विद्यार्थी राजनीतिमा अग्रपंक्तिमा देखिएका भोजराज बस्नेतले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । विद्यालय इकाईको सभापतिबाट विद्यार्थी राजनीति शुरु गरेका बस्नेत नेविसंघ मोरङको निवर्तमान सह सचिव हुन् ।


‘मेरो उम्मेद्वारी भागबण्डाको राजनीति अन्त्य र नियमित महाधिवेशन गराई नेविसंघलाई आम विद्यार्थी माझ परिचित गराउनका लागि हो ।’ पत्रकारहरुसँग बस्नेतले भने, ‘अबको पुस्ता इतिहास हेरेर नेविसंघमा लाग्दैनन् । लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक चरित्र आवश्यक छ ।’ विद्यार्थी नेता बस्नेतले १० वर्ष सम्म अधिवेशन नहुँदा पछिल्लो पुस्ता निराश भएको उल्लेख गरे ।

प्रदेश संरचना अनुसार हुन लागेको महाधिवेशनमा प्रत्येक प्रदेशबाट ७ जना केन्द्रीय सदस्य निर्वाचित हुने ब्यबस्था रहेको छ । जस मध्ये ४ जना खुल्ला र ३ जना आरक्षित केन्द्रीय सदस्य रहने छन् । बस्नेत सँगै मोरङका प्रशान्तजंग निरौला, दिनानाथ आचार्य, प्रफुल्ल थापा, विक्रम लिम्बू र विष्णु भूर्तेल पनि केन्द्रीय सदस्यका आकांक्षी छन् । संघको केन्द्रीय महाधिवेशन भाली साउन २३ देखि २५ सम्म हुने भएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget