गजल
तीजलाई भड्कीलो चाँड बनाउन पो थाले हजुर
नियम भन्दा पर गई मनाउन पो थाले हजुर
पानी समेत नखाएर वर्त बस्ने दिदी बबहिनी
बियर हुस्कि भरजिन रम गनाउन पो थाले हजुर
एकताको शुत्रमा बाध्न सफल बनोस तीज
भएभरको गरगहना पो लगाउन पो थाले हजुर
सबैले तीजबारे यस्तो सुन्न पाए हुन्थियो
कुसंस्कार र कुरिती भगाउन पो थाले हजुर
नारीहरुको पर्व मात्र रहने तीज अब
पूरुष पनि नाँच्दै गाँउदै सघाउन पो थाले हजुर
दिनभरी वर्तबसी देखाउने नारीहरु
मध्यरातमा पेटभरि अघाउन पो थाले हजुर
महिलाहरुको हक अधिकार सुनिश्चित हुनुपर्छ
शोषित पिडीत महिलाहरु जगाउन पो थाले हजुर
तेजन खड्का