Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

इटहरीमा श्री राधाकृष्ण शिव मन्दिरले अघिल्लो बर्ष झैँ यस बर्ष पनि रथ यात्रा

Displaying 21.JPGसुप्रिया राई भाद्र १०
इटहरी÷ इटहरीमा श्री राधाकृष्ण शिव मन्दिरले अघिल्लो बर्ष झैँ यस बर्ष पनि रथ यात्रा निकालेको छ  । इटहरीमा निकालिएको रथ यात्रामा ठुलो संख्यामा सर्वसाधारण भक्तजनहरुको उपस्थिती रहेको छ ।श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार पूर्वाञ्चलका विभिन्न स्थानमा राधाकृष्ण रथयात्रा निकालिएको छ । पूर्वी नेपालको विराटनगर, इटहरी, धरान,दुहवी विराटचौक, राजविराज लगायतका स्थानमा रथयात्रा निकालिएको छ । राधाकृष्ण शिव मन्दिरबाट निकालिएको रथयात्राले इटहरी नगरको विभिन्न क्षेत्रको परिक्रमा गरेको छ । इटहरीका विभिन्न भजनकिर्तन मण्डलीका साथै विभिन्न भक्तजनहरुको झाकीसहितको सहभागीता रथयात्रामा रहेको छ ।
अन्याय र अत्याचारलाई पराजीत गर्न भगवान विष्णुको अवतारको रुपमा कृष्णको जन्म भएको जनविश्वास लिने गरीन्छ । मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको र जन्मोत्सव मनाउनलाई रथयात्रा निकाल्ने परम्परा रहेको छ  । हरेक वर्ष कृष्णाष्टमीको भोलीपल्ट रथयात्रा निकाल्ने परम्परा छ । विराटनगरमा वि स १९८८ सालदेखि खटयात्राको रुपमा यो परम्परा थालिएको थियो । तर  वि स २०२५ सालदेखि रथयात्राका रुपमा  हाल सम्म पनि निरन्तरता पाउँदै आएको छ । यसैबीच पूर्वी तराईका जिल्लामा रहेका राजवंशी समुदायले  भगवान श्रीकृष्णको जन्मोत्सव दधीकाद खेलेर मनाउदै छन यता विराटनगरमा पनि रथयात्रा निकालिएको छ  । राधाकृष्णको रथयात्रा महोत्सव मनाउने क्रममा राधाकृष्ण मूर्ति राखेर रंगिबिरंगी ध्वजापताकाले सिँगारिएको रथलाई तानेर नगर पक्रिममा गराइएको हो 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget