इटहरी÷कृषि राज्यमन्त्री राधिका तामाङ्गले आइतवार सुनसरीको तरहरामा रहेको पूर्वाञ्चल कृषि अनुसन्धान केन्द्रले गर्दै आएको अनुसन्धान त्यसले ल्याएको नविनतम उपलब्धीका विषयमा जानकारी लिएपछि ।उहाँले कर्मचारीहरुले जनताका तर्फबाट उठेको करबाट तलपभत्ता पाई रहेकाले अव हामीले पनि जनता अर्थात किसानप्रति जवाफदेही र इमान्दार भएर काम गर्ने विषयमा कहि कतै कन्जुस्याई गर्न नहुने र कृषिलाई बढि उत्पादनशील बनाउनका लागि के कस्ता प्रविधिको प्रयोगमा जोड दिनुपर्छ त्यो विषयमा बैज्ञानिकहरु केन्द्रित हुनु पर्ने कुरामा पनि राज्यमन्त्री तामाङ्गले जोड दिनुभएको छ ।सो अवसरमा निमित्त क्षेत्रीय कृषि अनुसन्धान अधिकृत हरिकुमार प्रसाईले पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र यस अन्तर्गतका अनुसन्धान निकायहरुले गर्दै आएको अनुसन्धान खोज र प्राप्त उपलब्धीका विषयमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा अर्का बैज्ञानिक सूर्यप्रसाद अधिकारीले पूर्वी नेपालका कृषि अनुसन्धानका क्षेत्रमा भएको प्रगति र समस्याका विषयमा तयार प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।