Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नयाँ गीत लिएर आउँदै के के ।


           
भोला अधिकारी
काठमाडौं १ असोज । मोरङ जाँतेका गायक के के अभिलाषी कुनै जमनाका चर्चित गायक हुन । पुर्वमा उन्ले गाएका गीत “ वारी फुल्यो बाबरी,पारी बासना ” र “कैले त यो मन गोरीमा ,कैले त यो मन कालीमा तर माया बसी गो मेरो दाईको सालीमा ” निकै चर्चित भएको गीत हो ।
   
      “माइ टेस्टिङ ” एल्वममा समावेश उक्त गीतले के के लाई स्रोता दर्शक माझ चिनाएको गीतहरु हुन । यो गीत पस्चात थुप्रै नेपाली चलचित्रमा आफ्नो स्वर दिए । त्यस्तै अरुका एल्वममा गाउनसम्म भ्याए । के के अभिलाषी गायक मात्र नभएर मोडल उन्ले यी दुवै गीत मार्फत मोडलिङ पनि गरेका छन् ।  निकै समय ओझेल परेका उनै गायक फेरी सांगितिक दुनियाँमा फर्कन लागेका छन् ।
 
 विर्षन लागि सकेका स्रोता ,दर्शकलाई व्युँभ्याउन नयाँ गीत मार्फत आउन लागेका हुन । चर्चित गीतकार राजुबावु श्रेष्ठको शब्द र हरि लम्सालको संगीतमा “जीवन भर तिमीलाई,माया माया दिए” बोलको गीत मार्फत आउन लागेका हुन् । काठमाडौँको अकेस्टिक नेपाल रेकर्डिङ स्टुडियो मा उक्त गीत भर्खरै रेकर्ड गरेका छन् भने अन्य गीत रेकर्डका क्रममा रहेको के के अभिलाषीले बताए । उक्त गीती एल्बम केहि अन्तररालमा सार्वजनिक गर्ने उन्को भनाई छ । यस गीतबाट आफुँ पुरानै क्रेजमा फर्कन सक्ने अड्कल काट्न थालिएको छ ।  

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget