Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गायक डम्बर नेपाली ‘म मान्छे नेपाली’ भन्दै दर्शक स्रोतामाझ भिडियो

एक समय ‘आज अकाशमा’, ‘अन्तिम पल्ट भेट्न आऊ’ गीतबाट चर्चाको शिखर चुमेका गायक डम्बर नेपाली पछिल्लो समय ‘म मान्छे नेपाली’ भन्दै दर्शक स्रोतामाझ आएका छन् । नेपाली पप गायनमा फरक पहिचान बनाएका डम्बर ‘मेलोडियस पप गायक’ का रुपमा चिनिन्छन् । त्यस्तै उनको पछिल्लो गीत तथा भिडियो सार्वजनिक भएको छ ।
गायक डम्बरकै शब्द तथा संगीत रहेको ‘म मान्छे नेपाली’ बोलको गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । यस भिडियोमा आश्मा पाण्डे र भिफेदी गायजलाई फिचरिङ गरिएको छ ।
अर्जुन तिवारीको छायांकन र निशान घिमिरले सम्पादन गरेको यस भिडियोलाई गायक रुकमान लिम्बूको कम्पनी ‘रुबुशा क्रियशन’मार्फत यु–ट्युबमा सार्वजनिक गरिएको हो । केही समयअघि मात्र रिलिज गरिएको यो भिडियोलाई यु–ट्युबमा दर्शकले निकै रुचाएका छन् ।
यस भिडियोलाई दीपा पाण्डेले निर्माण गरेकी हुन् । डम्बरले कुराकानीमा गीतबाट राम्रो प्रतिक्रिया पाएको बताउदैं आफ्नो यो गीतले देशभक्ति भावमा नेपालीमाया समेटिएको बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget