
सुनसरीको इटहरीउपमहानगरपालिकामा उत्पेरणा तथा लागु औषत दुब्र्यशनी सम्बन्धि एक दिने सेमिनार सम्पन्न भएको छ ।
इटहरी उपमाहानगरपालीकाका कार्यकारी अधिकृत महेश राज तिमल्सिनाको प्रमुख आथित्यतामा भएको सेमिनार Save Human And Humanity ) र राजा क्लब इटहरी को संयुक्त आयोजनामा भएको उत्कृष्ट उत्पेरणा प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जागृति क्लवका अध्यक्ष राजिव ढुंगाना, उद्योग वाणिज्य संघका अध्यक्ष लिलम वस्नेत, नागरिक समाजका वोधराज नेपाल, विभिन्न संघसस्थाका प्रतिनिधि, कलेजका विद्यार्थिहरु प्रत्रकार लगायतको उपश्थिती रहेको थियो ।
नेपालकै उत्कृष्ट उत्पेरणा दिने प्रशिक्षकको रुपमा परिचित बसन्त अधिकारी र इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक राम चन्द्र तिवारीले लागूऔषधका प्रकार र त्यसको दुर्व्यसनबाट बच्ने उपायहरुकाबारेमा युवाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम आयोजकका संयोजक सम्राट थापाले यस प्रशिक्षण कार्यक्रमले युवाहरुलाई आफ्नो अबसर र चुनौतीको बारेर्मा सकारात्म बिचारको बिकाश गराउनु र बढ्दो दुब्र्यशनिबाट युवालाई टाढा राखी समाजलाई सहि मार्ग तर्फ लग्न यो कार्यक्रमले सहयोग पु¥याएको बताउनुभयो ।।