Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

क्यानडाका पर्यटन दुत नेपालमा यस्तो चर्तिकलामा ब्यस्त भएपछि

अनिष्मा बस्नेत क्यानडाका पर्यटन दुत एनबी टन्डनको लोकप्रियता हिजोआज निकै बढेको छ । किन बढ्यो त एउटा ड्राईबरको लोकप्रियता ? के गर्छन् त ति डाईबर ?
बिगत तिन बर्ष देखि पेशा सँगै नेपाल चिनाउँने पवित्र कार्यमा निरन्तर छन् । उनको ट्रकभित्र अरू ट्रकमा जस्तै सामान हुन्छ भने बाहिर बिल्कुल अरूभन्दा फरक सिंगो नेपाल छ । ट्रक सगरमाथा, स्वयम्भू, लुम्बिनी, बुद्ध, पशुपतिनाथ र नेपालको राष्ट्रिय झन्डाका सुन्दर कलाकृतिले सजिएको छ । कुनै समय आफ्नो ट्रकमा नेपालका सुन्दर कलाकृति कुँद्न सोधखोज गर्न अध्यागमनको ढोका पुग्दा त्यहीँका कर्मचारीले ‘श्रीमतीलाई गहना जोड्न छोडेर ट्रकमा के–के जाति बुट्टा भर्न दौडिएको मूर्ख’को संज्ञा दिइएका टन्डन अहिले देश देखि विदेश सम्म लोकप्रियता कमाउँदै चर्चाको शिखरमा छन् । उनी हाल सामान्य नागरिक देखि राष्ट्र प्रमुख सम्मको प्रशंम्साको पात्र बनेका छन् । 'उनै मुर्ख ट्रक ड्राईबरको पर्यटन दुत हुदाँ सम्म नेपालको लागि योगदान यस्तो छ । ' गत वर्ष गएको महाविनाशकारी भूकम्पमा उनले ट्रककै माध्यमबाट राहत तथा पुनर्निर्माणका लागि सघाएका थिए । उनले आफ्नो ट्रकमा लेखेरै नेपालको पुनर्निर्माणमा सघाउन आग्रह गरेका थिए । टण्डनकै पहलमा अहिले क्यानडा र अमेरिकामा ड्राइभिङ पेसा अँगालेकाहरूको एउटा संगठन बनेको छ । उनको संगठनमा अहिले सय जनाभन्दा बढी क्रियाशील सदस्यहरू छन् । उक्त संगठनका सदस्यबाट उठाएको लेबीबाट नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा केही गर्न खोजिरहेको छ उक्त ‘ड्राइभर एसोसिएसन’ । अहिले उक्त संगठनमा अध्यक्षको भूमिकामा रही संगठनलाई हाँकिरहेका छन् एनबी टण्डन । उनले नै गैरनाफामूलक संस्था नेपाल विकास टिमको अवधारणा पनि अघि सारेका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिसद् क्यानडाले भूकम्पपीडित बालबालिकाको सहयोगार्थ क्यानडाबाट एनबी टन्डनको पहलमा स्कुलका किताबहरू पिस फर पिपुलकी डाइरेक्टर पुनम खड्कीलाई काठमाडौंमा वितरण गर्नुका साथै टन्डनले व्यक्तिगत रूपमा नगद १० हजार रुपैयाँसमेत आर्थिक सहयोग गरेका छन् । त्यस्तै नेपालको दाड• जिल्लामा रहेको बिजाँउरि स्वास्थ्य चौकि भवन निर्माण स्वरूप रू. १ लाख १ हजार , श्री लामिदामर प्रा.वि. विद्यालयको भवन निर्माणका निमित्त रू. ५१ हजार व्यक्तिगत अनुदान स्वरूप सहयोग गरेको बताए । उनले दाङको तुलसीपुर नगरपालिका र क्यानडाको ब्राम्टन नगरपालिकालाई मित्र नगरपालिका घोषणा गर्ने तयारी हालै नेपाल आएर अन्तिम चरणमा पुर्याएको जानकारि दिए ।उनले हालै नेपाल आई नेपाल राष्ट्रको राष्ट्रपति विभिन्न मन्त्रिहरू पुर्ब प्रधानमन्त्रिहरू बाबुराम भट्टराई , झलनाथ खनाल , के . पि. शर्मा वली त्यस्तै पुर्ब पर्यटन मन्त्रि आनन्द पोखरेल लगाएतका व्यक्तिहरूलाई भेट गरि आफुले गरेको कामको जानकारि गराउनुको साथै दुताबासबाट विभिन्न पर्यटन पर्बर्द्वनको लागि भनि दिईने रकम रोकिनु पर्छ भन्ने सुझाप दिई रोकिदिन आग्रह गर्दै सो रकम देश भित्रै पर्यटन पर्बर्द्वनमा लगानी गरिदिन अनुरोध गरेको बताएका छन् । नेपालमा पर्यटन पर्बर्द्वनमा सहज होस भन्ने हेतुले १४ अंचलमा १४ वटा पर्यटन सुचना केन्द्र आगामी दिनमा निर्माण गर्न सुझाप लिई यसको सुरूवात राप्तिबाट केहि दिनमा नै राप्ति उद्योग वाणिज्यसंघ र राप्ति नगरपालिकाको संयुक्त पहलमा सो कार्य शुरूवात गर्न लागिएको बताए । साथै आगामी दिनमा नेपालमा "टो "सेवा र बेरोजगार नेपाली युवालाई लक्षित गरि अन्तराष्ट्रीय स्तरको ड्राईभिड• स्कुल संचालन गर्ने विषयमा केन्द्रित रहि बिभित छलफल कार्यक्रम अन्तिम चरणमा पुर्याएको जानकारि दिए । साथै नेपाली संस्कृतिलाई प्रचार- प्रसार गर्ने उदेश्यले क्यानडा र अमेरिकाको विभिन्न राज्यमा हरेक हप्ता फरक-फरक नेपाली कल्चर ड्रेस लगाएर त्यहाको स्थानीय समुदायलाई नेपाल प्रति आकर्षण गर्ने तयारि गरिरहेको उनले कर्मथलोबाट जानकारि गराए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget