Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

वराह ज्वेलरी इण्डष्ट्रिज प्राली धरानको २२ औ वार्षिक उत्सव सनिवार सम्पन्न

Displaying 1.JPGअसोज ९ सुप्रिया राई

इटहरी÷ वराह ज्वेलरी इण्डष्ट्रिज प्राली धरानको २२ औ वार्षिक उत्सव सनिवार सम्पन्न भएको छ ।सो अवसरमा धरानका  कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार हर्ष शुव्वा , व्लाष्ट टाइम्स दैनिक धरानका प्रधान सम्पादक राजकुमार कार्कीलाई सम्मान गरिएको छ । शुव्वा र कार्कीलाई जनही नगद ११ हजार १ सय ११ रुपैया सहित सम्मान पत्रले सम्मान गरिएको थियो । यसैगरी इन्द्र बराह स्मृति प्रोत्साहन पुरस्कारबाट नगद ११ हजार १ सय ११ रुपैयावाट  औजार दैनीकका संवाददाता लक्ष्मी दर्नाललार्ई समेत सम्मान गरिएको थियो । 
Displaying 3.JPG

धरान शाखा प्रमुख मान वहादुर दियालीलले कार्यक्रममा स्वागत मनतव्य राख्दै बराहले नेपाल भरिमा ५ सय १७ जनालाई रोजगारि दिएको बताउदै अप्रत्यक्ष रुपमा ३ हजार भन्दा बढीलाई रोजगारि प्रदान गरेको बताए । यस्तै, प्रालि. मा लामो समयदेखि कार्यरत कर्मचारिहरु क्रमशः गंगा दर्नाल वि.क, ईन्द्र वहादुर वि.क, दिपेन गहतराज, रवि सुनार विक लाई पनि गोल्डमेडल प्रदान गरिएको थियो । भने प्रालि. मा मुना देवान, दिपा राई र पुर्वकला राईले सर्वोत्कृष्ट सुनचादी खरिद गरेको भन्दै उनीहरुलाई गोल्डमेडल प्रदान गरिएको थियो ।

Displaying 4.JPG
साथै सनिवार देखीनै आर्थिकसगै सामाजिक क्षेत्रमा समेत काम गर्र्दै आएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले सेवा विस्तार गरेको छ । ज्वेलरीसंगै डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको प्रा.लि.ले धरानको मुटु भानुचौकमा अत्याधुनिक सुविधा सम्पन्न ज्वेलरी सोरुमको शनिवारदेखि शुरुवात गरेको छ । यसका साथै बराहले अशिक्षितहरका लागि भनेर कृषि क्षेत्रमा पनि आफ्नो व्यवसायलाई प्रबद्र्धन गर्नका लागि मोरङको तेतरिया १ मा गाईपालन र माछा पालन व्यवसाय समेत शुरु गरीसकेको छ ।
Displaying 2.JPG

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget