भाद्र १८ सुमन भट्टराई
नागि डान्स सेन्टरले उपमहानगर व्यापी तिज विष्ोस डान्स् कुइन २०७३ इटहरी को लायन्स क्लवमा शुक्रवार सम्पन्न गरेको छ ।
नेपाल वचत तथा ऋण सहकारी संस्थाकी केन्द्रिय उपाध्यक्ष अमृता सुब्बा को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अथिती स्मृती प्रतिस्ठानका अध्यक्ष रोषन कुमार चौधरी, गोकुलम रिसोर्ट सुन्दर दुलारीका प्रो.सत्तिस पोख्रेल, विभिन्न कलेज, उद्योग वाणिज्य संघ इटहरी, र विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपश्थिती रहेका थियो ।
कार्यत्रम संचालन इटहरीकी रेडियो कर्मि तथा गायिका चन्दा खड्काले गनुभएको थियो ।
कार्यक्रमा इटहरीमा वसोवास गर्नुभएका ममिहरु बिच एकल नृत्य प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा २४ जना ममिहरुले सहभागिता रहेको थियो ।

गोकुलम रिसोर्टको प्रायोजनमा भएको कार्यक्रममा २४ जना सहभागिहरुमध्ये क्रमस प्रथम द्धितिय, तृतिय र सान्तोना हुनेहरुमा मनु तामाङ्ग,रचना पुरी, मन्दिरा श्रेष्ठ, र कानुन कार्की तथा उत्कृष्ठ सन्तुलनमा गायत्रा घिमीरे, उत्कृष्ठ श्रृगारमा निलम श्रेष्ठ, उत्कृष्ठ हाउभाउमा स्मृति लिम्बु, उत्कृष्ठ तालमा सुवास्ना भुजेल, उत्कृष्ठ आत्मा विस्वासमा मिला पाठक,र उत्कृष्ठ दर्शक अभिरुचीमा दिपा राई छनोटमा पर्नु भएको थियो ।
कार्यक्रमामा उत्कृष्ठ हुनेहरुलाई इटहरीका उत्कृष्ठ कलेज र समाज सेवीहरुले उत्कृष्ठ प्रतिभाशालीहरुलाई सम्मान पत्र तथा पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा उपश्ति भएका हरुलाई गायिका अन्जु गौतम र रेडियो कर्मी तथा गायिका चन्दा खड्का ले तिज गित गाएर नचाउनु भएको थियो । कार्यक्रमको समापन नागि डान्सकी नृत्य निर्देसक रिना न्याउपानेले गर्नु भएको थियो ।।