विराटनगर,१४ असोज । पूर्वका तीन जिल्लामा विहीबार भएको सवारी दुर्घटनामा तीनजना घाइते भएका छन्।
मोरङको उर्लाबारी २ तरुण चोकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ४ प ७२७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्री सोही ठाउँकी कमला श्रेष्ठलाई घाइते भएकी छिन्। ठक्करबाट घाइते श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनामा मोटरसाइकल चालक मधुमल्ला ७ का राजकुमार माझी समेत घाटइते भएकाले अरनिको अस्पतालमा उर्लाबारीमा उपचार भइरहेको छ। त्यस्तै मोरङकै केराबारी २ मछिन्द्र चौकमा को. ५ प ४०२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँकी गंगा कुमारी खत्री घाइते भएकी छिन्। घाइते खत्रीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनाटमा मोटरसाइकलका चालक सोही ठाउँका जुद्ध नारायण श्रेष्ठ समेत घाइते भएकाले स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
यस्तै सुनसरीको धरान २० मा धनकुटाबाट धरानतर्फ आउदै गरेको को ५ ख ३१९ नम्बरको ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा ट्रकका चालक हेटैडा १४ का निर्मल प्रसाद दुलाल र सहचालक सोही ठाउँका रुपक विश्वकर्मा घाइते भएका छन्। घाइते दुवैको विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
यस्तै उदयपुरको बरै ४ मा बरैबाट कटारीतर्फ आउदै गरेको ना १ ज ५२६६ नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटना हुदा पिकअपमा सवार सोही ठाउँकी श्याम कुमारी मगर र लिला कुमारी मगर घाईते भएका छन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। पिकअपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी रिस्कुले जनाएको छ।