Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जुटौ सम्भानालाई पहिचान गरेर


प्रशान्त निरौला
विराटनगर , ५ असोज । धेरै बर्ष पछि नेपाली जनताले आफुले बनाएको संविधानलाई आफैले कार्यन्वयन गर्ने प्रयास गरिरहेका छन् ।  जनताको छोराछोरी देशका प्रमुख निकायमा नेतृत्व गर्दै गर्दा धेरै कुरामा परिवर्तन भएको कुरा आभास गर्न सकिन्छ । विरासतको अन्त्य भएको छ । बाउ पछि छोराले स्वतः राज गर्न सक्ने परिस्थितीको अन्त्य भएको छ । 
प्रशान्त निरौला
अब जनताको छोराहरु मिलेर देशको सिमा कोर्न सक्ने भएका छ । देशमा जनताको छोराले संविधान लेख्ने सपना पुरा भएको छ  । अब आफैले बनाएको नीतिमा आफै हिड्ने समय आएको छ । 
देशले अब रगत होईन पसिना मागिरहेको छ । नेपाली नेपाली लडेको थुपै समय भईसकेको छ । देशले अब लडनभिडन होईन उत्पादन खोजेको छ । अब आर्थिक क्रान्तीको समय आएको छ ।
अथाहा सम्भावना नेपालमा छन् । जल, जमिन , जंगल , जडिबुटी र सुन्दरता नेपालका प्राकृतीक सम्पदा हुन् । 
देशमा अब स्रोत पहिचान गरि समृद्धी हाम्रै पालामा ल्याउने गरि काम गर्न हाम्रो पुस्ता लाग्नु पर्छ ।
हामी संग भएका सम्पती कुहिएर, बगेर, र उपयोग गर्न नजानेर र नसकेर खेर गईरहेका छन् । यि सबै कुरालाई ब्यवस्थापन गर्नु हामी सचेत हुन जरुरी छ , उद्धार हुन जरुरी छ । हामी अरुको भरमा परेर अरुकै गोटी बनिरहनुपर्ने बाध्यता रहिरहेको छ । 
हामी संग अथाहा सम्भावना रहदा रहदै पनि गरिव भएरै बाचिरहेका छौ । जन्मदा सबैलाई उस्तै स्वरुपमा देख्न पाईन्छ तर जन्मिसके पछिका परिस्थीतीलाई सरलिकरण गर्न नसकेर हामी पछौटे भईरहेका छौ । 
अहिले नेपालीहरु विश्वका कुना—कुनामा पुगेका छन् । त्यहाँको सम्भावनालाई हेरेका छन् । ति सबै परिस्थितीलाई नियालेर आएका नेपालीहरुले यहाँ प्रयोग गर्ने नपाएका भनेर गुनासा सुन्ने गरिन्छ । 
चुनौतीको विचमै अवशर लुकेको हुन्छ हामी अथाहा चुनौतीको सामना गरिरहेका छौ यो चुनौतीलाई चिर्न सक्ने हो भने नेपालले विकासको फड्को मार्न कुनै समय पर्खनु पर्दैन । 
नेपालमा अब पैसाको समस्याले गर्दा विकास रोकीयो भन्ने लाग्दैन । स्पस्ट कार्यक्रम लिएर नेतृत्वकर्ताले जनताको सामु जाने हो भने जनता जस्तो सुकै काम गर्न तयार छन् । श्रम गर्न तयार छन् , पैसा जुटाउन तयार छन् । नेपालमा जलविधुत मात्र पर्याप्त निकाल्न सके विकासका लागि अरु तिर कुद्नै पर्दैन ।
मानिसको मानसिकतालाई वृहत बनाउन अत्यन्तै जरुर रहेको छ । शिक्षालाई प्रभावकारी बनाउन अत्यन्तै जरुर रहेको छ । समाज परिवर्तन एक्लो मान्छेले गर्दा हुन सक्दैन । समाजमा रहेका असङख्य विचार लाई एकिकृत गरेर समाज परिवर्तन र विकास तर्फ मोड्नु जरुर रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget