सुनसरी,१३ असोज । सुनसरीको धरान उपमहानगरपालिका ९ स्थीत सब्जी लाईनमा बुधबार ग्याँस लिक भएर आगलागी हुँदा अन्दाजी ३ करोड बढीको क्षति भएको छ । किशोर श्रेष्ठको मासु पसल बाट अपरान्ह ३ बजेतिर शुरु भएको आगलागीमा परी टिनको छाप्रामा भएका कृष्ण प्रसाद शाक्यको साईकल पसल, राजेश श्रेष्ठको मासु पसल, भुपाल मान शाहीको मासु पसल, अब्बास अन्सारीको झोला पसल, कल्पना बास्तोलाको मासु पसल, आर.के. फर्निचार आंशीक समेत जल्दा तीन करोड बराबरको क्षति
भएको हो । आगलागी स्थानीय प्रहरी, शसस्त्र प्रहरी, दमकल र स्थानियको प्रयासमा नियन्त्रणमा लिएको थियो।