निर्देशक सुदर्शन थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । चर्चित मोडल तथा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर सुदर्शनले फिल्म ‘म यस्तो गीत गाउँछु’ निर्माण गर्ने भएका हुन् ।
सुदर्शन थापा नै निर्देशित फिल्म 'प्रेमगीत'को शिर्ष गीतबाट नाम जुराईएको फिल्मको दुवईमा आयोजित एक समारोहमा फिल्म निर्माण र निर्देशनको घोषणा गरिएको हो । सुदर्शन स्वयमकै कथा रहेको फिल्ममा अर्जुन पोख्रेलको संगीत रहने पनि जानकारी गराईयो ।


फिल्ममा पल र पूजासँगै अभिनेता सरोज खनाल र नबिन मानन्धरको समेत अभिनय रहने छ । तिहार पछि फिल्मको सुटिङ सुरु हुनेछ । मोडलिङमा धेरै फ्यान कमाएका पल र 'प्रेमगीत'बाट चर्चा बटुलेकी पूजाको केमेस्ट्री कस्तो हुने हो त्यो फिल्म रिलिजको बेला पक्कै देखिने छ ।