Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयरले आफ्नो तेस्रो शाखा गोंगबूमा

विगत एक दशक देखि सुन्धरा स्थित काठमाण्डौ मलबाट सेवा पुयाउँदै आएको रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयरले आफ्नो तेस्रो शाखा गोंगबूको बिजि मलमा आज बाट शुरु गरेको छ । नयाँ बसपार्क नजिकै रहेको सुबिधासम्पन्न बिजी मल मार्पmत आफ्नो सेवा विस्तार गर्न लागेको फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् । गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदैआएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, टाटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको यस रश्मिलाज फेसियल हाउसका प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले जानकारी दिए ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र यस्तो गन्तव्य हो जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । यहि भदौको ३० गते गंगबुमा रहेको तेस्रो शाखाको बृहत ओपनिङ्ग हुँदैछ । 

नेपालका चर्चित कलाकारहरु नायक भुवन केसी, पूर्व मिस नेपाल रुबि राणा, धिरज राई, लोकप्रिय गायिका कुन्ति मोत्तान, हास्यकलाकार दिपा श्री निरौला, नायिका बेनिसा हमाल लगायतका कलाकारहरुले पार्लरको ओपनिङ्ग गर्नको साथै नयाँ व्यूटी प्रोडक्ट रश्मिलाज एड्भान्स सन्क्रिमको लन्च समेत गर्नेछन् ।यो प्रोडक्ट नेपाली बजारमा आएपछि सबै ग्राहकले मनपराउने र यसको कुनै पनि साइड इफेक्ट नहुने कुरामा प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठ र रश्मिलाज कम्पनिकी अध्यक्ष रश्मिला श्रेष्ठ बिश्वस्त छन् । निकै लामो समयको अनुसन्धान पश्चात यो रश्मिलाज एड्भान्स सन्क्रिम बजारमा आएको हो ।
 
 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget