सिन्धुलीमा दुई मोडलसँग रोमान्स गर्दै दिनेश ( फोटो सहित )
सिन्धुली १९ भदौ । सिन्धुली नेपाल थोकमा एक हुल मान्छे क्यामेरा अगाडी नाच्दै गाउदै थिए । सधैँ जसो मान्छेको भिडभाड हुने ठाउँ आज बिषेश थियो । कोही एक्सन कट भन्दै कराउदै थिए । त्यहाँ अरु कोही नभएर चर्चित नायक तथा निर्देशक दिनेश डाँगी थिए । त्यहाँ एउटा भिडियो सुटका लागी दिनेश काठमाडौबाट कलाकार सहितको टोली लिएर डाँगी नेपालथोक आएका हुन् । नायक दिनेश डाँगी, नयाँ मोडल अञ्जु शाही र मनिष भुजेललाई आफँु सँगसँगै नचाई रहे करिव बेलुका ४बजेसम्म ।
गीत थियो दुख पाको छु ,सेन्टिमेन्टल गीतलाई दिनेशले काठमाडौबाट सुटिङ गर्नका लागी सिन्धुलीसम्म ल्याएका हुन । विष्ेश डाँगी नयाँ मोडलहरुलाई गीतसंगीत क्षेत्रमा प्रवेश गराउने कलाकार हुन् । हरेक गीतमा अभिनय गर्ने कलाकार नयाँ नै देखिन्छ । यसपाली दुई जना मोडललाई दर्शकले ले बजार कतिको तताउने हुन हेर्न बाँकी छ ।उन्ले ल्याउने कलाकारहरु प्राय सबै चिर परिचित भएका छन् । अव आउने नव मोडल अन्जु साही र मनिसा भुजेललाई भने दर्शकले कति मन पराउने हुन्, त्यो हेर्न समय कुर्नु पर्ने छ ।यस गीतलाई इन्द्रराज गिरी र निर्मा विकले ल्याएका छन ।