हेम गिरी
कोलोराडो अमेरिका
'प्रयारो लाग्छ सधै मलाई मेरो देशको माटो' बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । नेपालीभाषी भूटानी गीतकार हरि उप्रेतीको एकल रचना रहेको करुण नामक एल्बममा समावेस भएको गीतहरुमध्ये सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । बिमला श्रेष्ठले निर्देशन गरेको म्युजीक भिडीयोमा डा. भोला रिजाल, लय सग्रोला,रमेश बुढाथोकी,देव कुमार,राजु,सबिना, सुमित्र, सुनिल,अर्जुन अनि उर्मिलाको अभिनय देख्न सकिन्छ । देशप्रतिको प्रेम अनि देशको सुन्दरतालाई देखाउन खोजीएको भिडीयोलाई नेपालको सुन्दर स्थालमा छायाँकन गरिएको छ । गीतमा स्वरुपराज आचार्यको स्वर विकाशको चौधारीको संगीत सुन्न सकिन्छ । भर्खर बजारमा आएको भिडीयोमा ज्ञानु राईको छायाँकन तथा प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ भने निर्माताको रुपमा राधिका उप्रेती, लीला उप्रेती र लक्ष्मी उप्रेती रहेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला :-