भाद्र २० सुप्रिया राई
इटहरी÷इटहरी उपमहानगरपालिकाले अस्वभाविक रुपमा चियामा हुँदै आएको खर्चमा कटोतीको नीति लिएको कार्यकारी अधिकृत महेशराज तिम्सिनाले जानकारी दिनु भएको छ । नगरका जनताले तिरेको करलाई अनावश्यक रुपमा पाहुना वा नगरकै सेवाग्राही आउँदा खुवाईदै आएको चियाको खर्च अस्वभाविक बढ्न थालेकाले खर्च कर्टाति गर्ने उद्देश्यले यस्तो अभियान थालिएको पनि उहाँले जानकारी दिनुहुँदै यसलाई सार्वजनिक चासोका रुपमा लिएको पनि बताउनु भएको छ ।यसअघि कम्तिमा मासिक २ लाख रुपियाँसम्म चियाको बिल आउने गरेकोमा त्यसलाई कटौती गरेर कम्तिमा महिनाको ३० हजारमा ल्याईएको र त्यसमा पनि अझ चियामा सुन्ने खर्चको नीति लिएर जसले चिया खाने वा मगाउने हो उसैले तिर्ने नीति अबलम्वन थालिएको पनि कार्यकारी अधिकृत तिम्सिनाले बताउनुभयो ।