Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोरङ र सुनसरीमा १३ स्थानीय निकाय पक्का



मोरङमा महानगर,सुनसरीमा दुई उपमहानगरपालिका


मोरङ । मोरङ जिल्लामा स्थानीय तहको संख्या र सीमाको अन्तत टुंगो लागेको छ । राजनीतिक दलहरुको विवादका कारण मोरङको प्राविधिक सहयोग समितिले स्थानीय तहको संख्या र सीमा केन्द्रमा सिफारिस गर्न असमर्थ बन्दै आएको थियो ।
प्राविधिक समितिमा भएको सहमतिअनुसार अब मोरङमा एक महानगरपालिका, सात नगरपालिका र पाँच गाउँपालिका रहनेछ । प्रस्तावित मस्यौदा तत्काल आयोगलाई सिफारिस गर्ने प्राविधिक सहयोग समितिका सदस्य सचिव डम्वरुवल्भव बरालले जानकारी दिए । स्थानीय तह पुनर्संरचनासम्वन्धी आयोगले मोरङलाई मोरङ १३ स्थानीय तहकै सिलिङ दिएको थियो । विक्रम संवत २०६८ सालको जनजणना अनुसार १० लाख जनसंख्या रहेको मोरङ जिल्लामा हाल एक उपमहानगरपालिकासहित सात नगरपालिका ५० गाविस रहेको थियो ।
प्राविधिक समितिमा भएको सहमतिअनुसार विराटनगर महानगरपालिका बन्नेछ । विराटनगर हाल उपमहानगर छ । यसलाई महानगर बनाउने क्रममा छिमेकी गाविसहरु बुधनगर, भाथिगछ, कटहरी, वैजनाथपुर, टंकिसिनुवारीको पुरै भाग तथा लखन्तरी र हातिमुढा गाविसका केही भागहरु समेटिने छन् । त्यसको प्राविधिक पक्ष मिलाउन राजनीतिक दलहरुको सहमतिमा जिविसका प्राविधिकसहितको टोली गठन गरिएको एमाले मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले जनाकारी दिए ।
महानगरपालिका बनाउँदा आवश्यक पर्ने जनसंख्या मिलाउँदा भौंडाह र झोराहाटका विराटनगर चक्रपथले समेट्ने क्षेत्रहरु समावेश गर्नसक्ने गरी छलफल टुंगिएको छ । झोराहाट गाविसलाई गाभ्ने विषयमा भने सहमति बनिसकेको छैन । यसबारे केही राजनीतिक दलहरुको असन्तुष्टि रहेकाले थप छलफल आवश्यक रहेको बताइएको छ । जिल्लाको पूर्वी सिमाना उर्लावारीलाई केन्द्र बनाएर मधुमल्ला, रमितेखोला, टाँडी मिलाएर नगरपालिका बनाउने सहमति भएको छ । यस्तै लेटाङ,जाँते, वारंगी, सिंहदेवीको अधिकांश भाग र भोगटेनी मिलाएर नगरपालिका बनाउन सिफारिस भएको छ ।
आठ पहाडी गाविस रहेको मोरङको पाटीगाउँ, याङशिला, केरावारी र सिंहदेवीको केही भाग मिलाएर गाउँपालिका बन्नेछ । राजमार्ग आसपासमा रहेको पथरी शनिश्चरे, हसन्दह र अमरदह गाविस मिलाएर नगरपालिका बनाउन सिफारिस गरिएको छ । बेलवारी, डाँगिहाट, कसेनी, बाहुनी र केरावारीको ९ नम्वर वार्डलाई मिलाएर बेलवारी केन्द्र हुनेगरी नगरपालिका प्रस्ताव गरिएको छ । सुन्दर दुलारी र कोशी हरैंचा दुई नगरपालिका गाभेर एउटा र रंगेली, टकुवा, डाइनिया मिलाएर दक्षिणमा अर्को नगरपालिका प्रस्ताव गरिएको छ । बवियाविर्ता, दादरवैरिया, सोह्राभाग र थलाहालाई मिलाएर गाउँपालिका प्रस्ताव गरिएको छ । राजघाट, इटहरा, गोविन्दपुर, झुर्किया र महादेवा मिलाएर नगरपालिका वा गाउँपालिका बनाउन प्रस्ताव गर्ने सहमति भएको छ । वयरवन, होक्लावारी, केरौन र दर्वेशाको ८ ओटा वार्ड समेटेर एउटा गाउँपालिका बनाउन सहमति जुटेको छ ।
उता सुनसरी जिल्लाको पुर्नसंरचनामा पनि दलहरुवीच सहमति जुटेको छ । छलफलमा सुनसरी जिल्लामा १३ वटा स्थानीय निकाय बनाउने गरी सहमति जुटेको छ । जसमा धरान र ईटहरी गरी दुई उपमहानगरपालिका, इनरुवा, दुहवी र रामधुनी भासी गरी तीन नगरपालिका र ८ गाउ पालिका बनाउने सहमति रहेको छ । 
सहमति अनुसार १ लाख ३७ हजार ७०५ जनसंख्या रहने गरी धरान उपमहानगर पालिका, १ लाख ४० हजार ५१७ जनसंख्या रहने गरी इटहरी उपमहानगर पालिका, २८ हजार ५४९ जनसंख्या रहेको रामधुनी नगरपालिकामा १३ हजार ९०३ जनसंख्या रहेको बकलौरी गविस र डुम्राहाको १, ६, ३, ४, ५ नम्बर वडा समेटेर रामधुनीभासी नगरपालिका निर्माण गर्ने र त्यसको केन्द्र झुम्कालाई बनाउने सहमति भएको छ । जसको जनसंख्या ५१ हजार ७२२ हुन्छ । त्यसैगरी २५ हजार ५४५ जनसंख्या रहेको दुहवी भलुवा नगरपालिकामा ११ हजार ७०७ जनसंख्या रहेको सोनापुर, ५ हजार ८३५ जनसंख्या रहेको तनमुना, ५ हजार ४१७ जनसंख्या रहेको सिमरिया र ७ हजार ७१२ जनसंख्या रहेको पूर्व कुशाहा मिलाएर ५६ हजार २१६ जनसंख्या हुने गरी दुहवी भलुवा नगरपालिका निर्माण हुने छ । जसको केन्द्र दुहवी हुने छ । 
त्यसरी नै २८ हजार ४५४ जनसंख्या रहेको इनरुवा नगरपालिकामा ८ हजार ५३६ जनसंख्या रहेको बबिया, ६ हजार ६३३ जनसंख्या रहेको जल्पापुर, ६ हजार २२ जनसंख्या रहेको मधेशा, ६ हजार ७ सय जनसंख्या रहेको चाँदबेला र ७ हजार २५८ जनसंख्या रहेको डुम्राहाको २, ७, ८ र ९ नम्बर गाभिएर नगरपालिका बनाईने छ । जसको केन्द्र इनरुवा रहने छ । त्यसैगरी औरावनी, मधेली, छिटाहा र सत्तेरझोरालाई मिलाएर गढी ग्राम पालिका निर्माण गर्ने सहमति रहेको छ । जसको जनसंख्या ३४ हजार ८५२ पुग्ने छ भने त्यसको केन्द्र औरावनी हुने छ । 
बर्जुग्राम पालिकाको नामबाट रामगञ्ज बेलगछिया, अमडुवा, अमाहीबेला र चिमडीलाई समेटिएको छ । ३१ हजार १७८ जनसंख्या पुग्ने सो ग्राम पालिकाको केन्द्र अमाहीबेला तय गरिएको छ । त्यसरी नै हरिनगरा, बसन्तपुर, घुस्की, रामनगर भुटाहा र गौतमपुरलाई समेटेर हरिनगरा ग्राम पालिका प्रस्ताव गरिएको छ । हरिनगरा नै केन्द्र रहने सो ग्राम पालिकाको जनसंख्या ४० हजार ८४६ पुग्ने छ । भने देवानगंज, कप्तानगंज, राजगञ्ज सिनुवारी, साहेबगञ्ज र मध्यहर्षाहीलाई समेटेर ३५ हजार ७३ जनसंख्या रहने देवानगंज ग्राम पालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र देवानगञ्ज हुने छ । त्यसैगरी ४३ हजार ६ सय २६ जनसंख्या रहने हुनेगरी हरिपुर, श्रीपुर जब्दी, पश्चिम कुशाहा र लौकहीलाई समेटेर कोही ग्राम पालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र लौकही रहने छ । 
नरसिंह र भोक्राहलाई समेटेर भोक्राहा ग्राम पालिका प्रस्ताव गरिएको छ । जसको. जनसंख्या४० हजार ५०९ पुग्छ । सो ग्राम पालिकाको केन्द्र भोक्राह तय गरिएको छ । त्यसैगरी प्रकाशपुर, महेन्द्र नगरपालिका र मधुवनलाई जोडेर प्रकाश नगर वा महेन्द्र नगर ग्राम पालिकाको प्रस्ताव गरिएको छ । चक्रघट्टी केन्द्र रहने सो ग्रामपालिकाको जनसंख्या ४५ हजार४५२ जनसंख्या पुग्ने छ । त्यसैगरी बराहक्षेत्र र भरौललाई समेटेर बराहाक्षेत्र ग्रामपालिका प्रस्ताव गरिएको छ । चतराको बयरबन केन्द्र रहने सो ग्राम पालिकाको जनसंख्या ३१ हजार ९६५ पुग्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget