Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुनसरी र मोरङ्ग जिल्लाको बिभिन्न स्थानीय सामाजिक सङ्घ संस्थाको साझेदारीमा ग्रामीण गरिवी अशिक्षा विद्धको अभियान

भाद्र २२ सुप्रिया राई
इटहरी÷सुनसरी र मोरङ्ग जिल्लाको बिभिन्न स्थानीय सामाजिक सङ्घ संस्थाको साझेदारीमा ग्रामीण गरिवी अशिक्षा विद्धको अभियानसँगै अन्तर धार्मिक शान्ति सञ्जाल मार्फत स्वतन्त्र र समृद्ध मानव समाज निर्माण अभियानमा सक्रिय युनाईटेड मिशन टु नेपालले आफ्नो बार्षिक समीक्षा वुधबार इटहरीमा सम्पन्न गरेको छ ।एक बर्षमा साझेदार संस्थाहरुसँगको सहकार्यमा ३ करोड १७ लाख ६१ ह्जार ९ सय ६० रुपियाँको लागतमा परिवर्तनकारी कार्यहरु गर्दै मानिसलाई स्वतन्त्रतापूर्वक प्रसस्तीको अनुभूति दिलाउने कार्य गरिदै आएको बिवरण सार्वजनिक गरीएको छ । सोही अवसरमा सुनसरी र मोरङ्ग जिल्लाका सवै साझेदार संस्थाहरु     ले आफुले गरेको कार्यको समीक्षात्मक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो सुनसरी जिल्लाका विभिन्न ५ तथा मोरङ्ग जिल्लाका ३ गरी ८ वटा स्थानीय सामाजिक संस्थाहरुको साझेदारीमा शान्ति स्थापनासँगै मावन संशाधन विकासका कार्यमा सक्रियता बढाउँर्दै आएको युनाईटेड मिशन टु नेपालले अन्तर धार्मिक सञ्जाल मार्फत समाजमा सवै धर्मका अन्तिम लक्ष्य र उद्देश्य नै मावन शान्तिको सन्देश दिने कार्यमा पनि राम्रो सफलता हात पार्दै आएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget