Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गीत चर्चित लेखककै कारण हुने हो ।

हरि उप्रेती   नेपाली मुलका गीतकार हुन् । वि.स २०३४ सालमा भुटानमा जन्मेका उप्रेतीले २०४८ सालमा आफ्नो जन्मभुमी छोड्नु पर्यो । १८ वर्षसम्म नेपालको शरणार्थी शिविरमा बसेर शरणार्थीको रुपमा जीवन बिताए ।  उनले आफ्नु एसएलसीदेखि एमएसम्मको अध्यान नेपालमै गरे । सन् २००९ मा उनी पुनर्वासको क्रममा अमेरिकामा आएका छन् । जहाँ रहे पनि आफु नेपाली हुँ भन्ने उप्रेतीले अमेरिकामा समेत नेपाली भाषा अनि साहित्यलाई संरक्षण गर्दै आएका छन् । समाजसेवा साथ साथै आफ्नो भावना गीतमार्फत पोख्दै आएका उप्रेतीले पछिल्लो चोटी आफ्नो एकल रचनामा करुणा नामक एल्बम बजारमा ल्याएका छन् । प्रस्तुत छ, अमेरिकाबाट हाम्रो सहकर्मी हेम गिरीले  तयार पर्नु भएको उप्रेतीसंगको बातचित:-


  • आफुले आफुलाई कसरी चिनाउनु हुन्छ ?
-        म सामान्य हरि उप्रेती हुँ । अरुले कसरी बुझछन त्यो जान्दिन । म कहिले आफु ठुलो हुँ भन्दिन
  • भरखरै आफ्नो एकल रचनामा करुणा नामक एल्बम बजारमा ल्याउनु भएको छ, कस्ता प्रतिक्रियाहरु आउदैछन त ?
       -   राम्रै प्रतिक्रियाहरु आउदैछन । मैले धेरै सीडि बजारमा पुर्याएको त छैन तर,जतिले सुन्नु भयो मेरो गीत राम्रो नै भनिरहनु भएको छ । यो मेरो पहिलो प्रस्तुती हो । मेरो पहिलो प्रयास नै राम्रो भएको महसुस हुदैछ ।
  • नेपालीभाषी भुटानी गायक गायिकाहरु त तपाईको एल्बममा समावेस गर्नु भएन रहेछ है ? केहि थियो के कारण ?
           -  प्रश्न निक्कै राम्रो छ । यो कुनै अप्ठारो मान्नु पर्ने कुरा होइन । पक्कै हाम्रो समाजमा प्रमोद खरेल अनि राजेश पायल राईहरु छन् । मेरो यो पहिलो एल्बम भएको  कारण म सांगीतिक क्षेत्रमा निस्किन चाहन्थे त्यसैले मैले चिरपरिचित गायक गायिकालाई एल्बममा समावेस गरे । हाम्रो सामाजका गायक गायिकाहरुलाई मेरो अन्य एल्बममा सभागी गराउने सोचमा छु म । मैले हाम्रो समाजको गायक गायिकाहरुसंग धरै छलपल गरिरहेको छु ।

  • गीत किन लेखिन्छ ? तपाई चाही किन लेख्नु हुन्छ ?
  -   विभिन्न कारण हुन्छन । कसले के सोचेर लेख्छन कसले के ? गीतले बहु अर्थ बोकेको हुन्छ । म चाही  भावनाहरु व्यक्त गर्न गीत लेख्छु । आफ्नो अनेक सिर्जनाहरु समेटेर गीत लेख्छु । आत्मासन्तुष्टॆको रुपमा लेख्छु ।
  • श्रोताले के रुचाउछन भनेर गीतकारहरुले सोच्दैनन् त ?
-   सबैको भावान अनि अनुभवलाई समेटेर नै गीत लेखिन्छ । श्रोताको अनुभाव अनि भावनालाई नबुझी गीत लेख्दा आत्मासन्तुष्टॆ नै हुदैन ।


  • एउटा गीतको त म्युजिक भिडियो बजारमा आएछ है ? कस्तो प्रतिक्रिया आउदैछन त ?
     -मेरो रचना, बिकाश चौधरीको संगीत अनि स्वरूपराज आचार्याको स्वरमा रहेको प्यारो लाग्छ मलाई मेरो देशको भिडियो सार्बजानिक भएको छ । भिडियोबाट राम्रो प्रतिक्रिया आउदैछ । चाडो नै अन्य गीतको पनि भिडियो सार्बजनिक गर्ने सोचमा पुगेको छु ।

  • गीत चर्चित कसको कारण हुन्छ ?
-गीत चर्चित त लेखककै कारण हुने हो । गायक अनि संगीतकारको पनि कलालाई पक्कै सम्मान गर्ने पर्छ तर मूल रुपमा गीतकारमा भर पर्छ किन कि शब्द गीतकारले नै छनौट  गरेको हुन्छन नि होइन ? मूलता भन्नु पर्दा गीतकार पर्दा पछाडीको नायक हुन ।

  • यहाँ अमेरिका नेपालीभाषा जोगर्णको लागि कस्तो भूमिका निर्वाह गर्दै हुनुहुन्छ ?
-प्रश्न एकदम चिन्ताको विषयको गर्नु भयो । यो भूमिका सबैले सबै तिरबाट निर्वाह गर्नु पर्छ  । हामीले यहाँ कोलोराडोमा केहि महिनासम्म नेपाली कक्षा संचालन गरेको थियौ । जब सम्म हामीमा रहेको कला, सहित्या अनि प्रतिभालाई बहिरा ल्याउन सक्दैनौ तब सम्म हाम्रो भविष्य कमजोर नै हुन्छ ।

  • नेपालबाट अमेरिकालगायत अन्य देशमा गएका मानिसहरुको पहिचानको विषयमा सधै बहस हुन्छ, तपाई चाही आफ्नो पहिचान के हो भन्नु हुन्छ ?
गीतकार उप्रेतीको करुणा नामक एल्बम
- पहिचानमा पहिलो चोटी सस्कृति अनि भाषा जोडिञ्च । हाम्रो पहिचानमा शाब्दिक दाग लागेका छन् । तर सस्कृति, भाषा अनि सभ्यताको हिसाबले हाम्रो पहिचान नेपाली हो  । हामी नेपाली नै  भएको कारण भुटान देशबाट लखेटिनु परेको हो । हाम्रो रस्टियता सबै खोसियो तर हाम्रो भाषा सस्कृति खोस्न सकेनन । त्यसैले अहिले हामीसंग हाम्रो साथमा भाषा, सस्कृति अनि सभ्यता छ अनि हाम्रो पहिचान नेपाली हो ।
  • अन्त्यमा केहि छ कि ?
-तपाईलाई धेरै धेरै धन्यवाद । मेरो कुरा सबै माझ पुराइ दिनु भएकोमा ।
बजारमा मेरो एल्बम आएको छ । कृपया सुनेर प्रतिक्रिया दिनु होला ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget