विराटनगर ,२१ भदौ । विभत्स रुपमा हत्या गरेर फालेको अवस्थामा विराटनगर १३ शान्ती चौकमा एक ब्यक्तिको शव फेला परेको छ ।
ओमकार श्रेष्ठको घरको कोठामा आज विहान उक्त शब फेला परेको हो । ६ दिन अगाडी सिरहाका ४ जना विद्यार्थीहरु सो घरमा डेरा बस्नका लागि आएको स्थानियले बताएका छन् ।
घरधनी श्रेष्ठ घरायसी कामको शिलशिलामा विराटनगर बाहिर रहेको बेला उक्त घट्ना भएको छ ।
घट्नाको बारेमा अनुसन्धान भईरहेको मोरङ प्रहरी प्रमुख एस्पी सन्दीप भण्डारीले जानकारी दिनुभयो ।