Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

इटहरीको राधाकृष्ण मन्दिरमा सवेरैदेखि पूजापाठ गरेर ब्रतलाई सफल बनाउने कार्यमा जुटिरहेका छन्

ब्रतलाई सफलको लागि तस्बिर परिणामभाद्र १९ सुप्रिया राई

इटहरी÷ इटहरीको राधाकृष्ण मन्दिरमा सवेरैदेखि पूजापाठ गरेर ब्रतलाई सफल बनाउने कार्यमा जुटिरहेका छन् भने राजनीतिक दल निकट अखिल नेपाल महिला सङ्घ, काङ्ग्रेस निकट महिला सङ्घ, सामाजका सङ्घ संस्थाका रुपमा अग्रणी रहेको इटहरी लेडी जेसीज तथा नेपाल कस्मेटिक तथा मनिहारी ब्यवसायी सङ्घले इटहरीको मुख्य चोक क्षेत्रमा विशेष कार्यक्रम गरेर तीज विशेष कार्यक्रम मनाई रहेका छन् । एमाले निकट महिला सङ्घमा एमाले नेतृ जयन्ति राईले तीज गीत गाएर कार्यक्रमको उद्घाटनसँगै महिलाहरुलाई छमछमी नचाएर कार्यक्रमलाई अझ विशेष उत्साहजनक तुल्याई दिनु भएको छ भने इटहरी लेडी जेसीजले पनि विशाल महिलाहरुको घुईचोका बीचमा तीज विशेष कार्यक्रम गरेर सवैलाई मनोरञ्जन प्रदान गरिरहेको छ । काङ्ग्रेस निकट महिला र ब्यवसायी ब्यापारीहरुले पनि चोक क्षेत्रमा तीज विशेष कार्यक्रमको आयोजना गरेर मनोरञ्जन दिईरहेका छन । बिशेषगरी असल बर पाउँ भनेर बसिने यो तीज पर्वको ब्रतमा जसले निष्ठापूर्वक धर्म निर्वाह गर्छ उसको मनोकाङ्क्षा पुरा हुने अटल विश्वासकै कारणले आज विहानैदेखि भगवान शिवको मन्दिरमा गएर पूजापाठ गरेर महिलाहरुले ब्रतको विधिलाई निष्ठापूर्वक पालना गरिरहेका छन ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget