काठमाडौ ६ असोज । सुगम संगीतलाई नै पहिलो प्राथमिकता दिने सोच सहित युवा गायक सुबाष चाम्लीङ आफ्नो एकल स्वरमा पहिलो एल्बम श्रोता माझ पुर्याउने अन्तिम तयारीमा जुटेका छन् ।
खोटाङ्ग सिम्पाने ३, का स्थानीय गायक सुबाष चाम्लीङ यसै क्षेत्रमा आधा दशक विताई सकेका गायक हुन् । चर्चित संगीतकारहरुको संगीतमा स्वर दिईसकेकामात्र होईनन् रोजाईमा समेत परेका गायक सुबाष चाम्लीङले ‘हाई भोल्टेज्’ नामक गीति एल्बम बजारमा ल्याउदै छन् । एल्बम ‘हाई भोल्टेज्’मा प्रज्वल अधिकारी, श्रृंखला राई, टेक तामाङका शब्द रचाना समावेस छन् भने वसन्त सापकोटा, मनोजराज शिबाकोटी पावल चाम्लीङको संगीत सिर्जना रहेको छ । उनको पहिलो एल्बममा सबै खाले सेन्टिमेन्टल, रोमान्टिक देखि डान्सिङसम्मको गीत समावेश रहेको गायक सुबाश चाम्लीङले जानकारी गराए । सम्भावना बोकेका गायक चाम्लीङ सबै खाले गीत गाउन आफु सक्षम रहेको बताउछन् । प्रतिस्पर्धाको यो युगमा गायक चाम्लीङले आफुलाई कहाँ उभ्याउने हुन त्यो भने समयले बताउने नै छ ।