Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पत्रकारिता पेशा



पत्रकारिता पेशा नसोचिएको एउटा रंगमन्च हो । जहाँ दैनिक फरक -फरक अनुभुतिले आनन्द बनाउँछ ।यस्तो अनुभब अन्यक्षेत्रमा छैन । पत्रकारहरू हरेक दिन नयाँ जीवन भोगिरहेका हुन्छन । उनीहरु हरेक दिन फरक ठाउँमा फरक समाचारका लागि अन्तरक्रिया गर्दछन् र फरक समाजको वास्तविकतालाई आफ्नो शब्द र आवाजको माध्यमबाट यहि समाजमा ब्यक्त गर्छन् । पत्रकारहरुले जीवनका धेरै रंग देखेका हुन्छन्, भोगेका हुन्छन् र ब्यक्त गरेका हुन्छन् । त्यसैले त पत्रकारहरुको जीबन एउटा रंगमन्च झै छ अनि पत्रकारिता क्षेत्र पनि रंगिन छ ।

बिभिन्न ब्यक्तिहरूले प्रत्रकारितालाई बिभिन्न तबले परिभाषित गरेका छन् ,त्यस्तै सी. जी. मूलरले भनेका छन् :-"समसामायिक ज्ञानको व्यवसाय नै प्रत्रकारिता हो यसमा तथ्यको प्राप्ति त्यसको मूल्यांकन एवम् ठीक-ठाक प्रस्तुतीकरण हुन्छ । "
(Journilism is business of timely knowledge the business of obtaining the necessary facts, of evaluating them carefully and of presenting them fully and of acting on them wisely )
  मेरो बिचारमा पत्रकारिता भनेको समाजको ऐना हो , समाज परिवर्तनको प्रमुख आधार हो , जुन पेशाले समाजको हितको लागि काम गर्छ । समाजका पीडित तथा निमुखाहरुका आवाजलाई बाहिर ल्याउछ, त्यस्तै कुरिती अन्दविश्वास भ्रष्ट्रचारलाई निराकरण गर्दै सत्य तथ्यलाई प्राथमिकता दिई सभ्य समाज निर्माणको परिकल्पनामा बेजोड भुमिका निर्बाह गर्दछ । तर हाम्रो पत्रकारिता क्षेत्रमा कतिपयले यसको बिपरित कर्म गरि कमाई खाने पेशाको रूपमा पत्रकारितालाई अंगालेको छन् । त्यसैले समाजले पत्रकारलाई हेर्ने दृर्ष्टिकोण पनि फरक छ ।


  कतिपय पत्रकारहरु निरन्तर जनताका आवाजहरु उठाएर समाज परिवर्तनमा लागेका छन् भने कतिपयले भ्रष्टचारीहरुलाई साथ दिएर समाज तथा सिंगो प्रत्रकारिता क्षेत्रलाई नै दुसित बनाई रहेको छन । 
यस्ता पत्रकारहरु नै स्थानीय स्तरमा ठूल्ठूला पदमा बसेका छन । जतातिर पनि कुरा मिलाउछन, कानुनलाई हातमा लिएका छन, तिनीहरुको धन्दा नै त्यहि छ । 
फेरि यहाँ कोहि यस्ता पनि छन् जो एउटा लेख लेख्छन् , सामान्य रेडियो वा पत्रिकामा के छिरेको मात्र के हुन्छ ऊ बरिष्ठ पत्रकार ठान्दछ आफुले आफुलाई , पत्रकारिता भित्र राम्रो पढाई, अब्बल आर्थिक अवस्था, उत्कृष्ठ लेखन शैली मध्ये कुनै एउटामा राम्रो भए पनि त सुहाउँथ्यो । आफुमा खोक्रो अहंम पाल्नु र कसैलाई गन्दै नगन्नु पत्रकार भएर पत्रकारिता क्षेत्रकै समग्र बेइजति हो । अझ काठमाण्डौंका नीजि प्रकाशनका लागि समाचार लेखिदिएर गुजारा चलाउने पत्रकारहरुले मोफसलका छापा र बिद्युतीय सञ्चार माध्यमका पत्रकारलाई नगन्नु कति लजास्पद छ । 
यहाँ राम्रो काम गर्ने र पेशालाई ईमान्दारिता साथ अबलम्बन गर्नको त कुनै कदर नै छैन । त्यसैले जुनसुकै क्षेत्रमा पनि दक्षजनशक्तिको अभाव छ , भएकाको कुनै कदर छैन् । अझ भन्ने हो भने राम्रोलाई प्रोत्साहन गर्नु पर्ने ठाँमा उल्टै मनोबल गिराउने काम गरिन्छ 

त्यस्तै अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा पनि एउटाले अर्कोलाई नराम्रो भन्नमा होडबाजी नै चल्ने गरेको छ ।यसैमा ब्यस्त हुन्छन कयौँ पत्रकारहरु र सबै भन्दा बढि असहयोगी पनि पत्रकार नै हुन्छन् । पत्रकारहरु एक ठाँउमा भेला हुनलाई कि त पत्रकार सम्मेलन, हुनुपर्दछ वा कुनै पत्रकारको बाँच्न पाउने अधिकार हनन हुनु पर्दछ । पत्रकारको अधिकार हनन भएमा मात्रै पत्रकारका संगठनको भूमिका देखिने गर्दछ । त्यसैले यो पेशालाई मर्यादित रूपमा अगाडि लगौँ र हाम्रो पत्रकारिताको गरिमा हामि पत्रकारकै हातमा छ । त्यसैले यस्ता जति पनि गैर ढंगले पत्रकारिता अपनाउने पत्रकारहरुलाई पत्रकारको साझा संगठन पत्रकार महासंघमा छाबिन गरि नयाँ गति दिनु आजको आवश्यक्ता छ । यदि साँच्चिकै स्थानीय स्तरमा बिकास र देशको बिकास गर्न चाहने हो भने ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget