मिठो स्वरकी गायिका सिमा शाहले हालै एकल स्वरमा अडियो सि.डि. ‘‘ सिमा २’’ सार्वजनिक गर्ने भएकी छन् । यस एल्वममा सात वटा गीत संग्रहित रहेका छन् । ‘‘सिमा २’’ नामक एल्वममा सन्तोस पोखरेल, समिर राई, सारिका घिमिरे, शंकर श्रेष्ठ, लय संग्रोला, ललिता कुँवर, अशोक महर्जनको शब्द रहेको छ भने बिक्रम थापा, कमल खत्री, करणराज कार्की, स्व. रत्न बहादुर खड्गी, स्व. राम थापाको संगीत स्रिर्जना रहेको छ ।
‘‘ सिमा २’’ लाई सान्तोना रेकर्डस् नेपालले बजार ब्यवस्थापज सम्हालेको छ । पहिलो एल्बमले सिमालाई जुन उचाईमा पुर्याएको थियो ‘‘ सिमा २’’ ले त्यो भन्दा पनि माथिल्लो स्थान पाउने कुरामा गायिका सिमा शाह आषाबादी देखिएकी छन् ।