Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

निकिताको एल्वम “सायद २” सार्वजनिक,जस्लाई मैले मन पराउथे, त्यो नै अर्कैको भएपछि (भिडियो)

सन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बसन पोख्रेल र निकिता पोख्रेलको आधुनिक गीति एल्वम “सायद २” सार्वजनिक भएको छ । “सायद २” एल्वममा समावेस गरिएको “जस्लाई मैले” बोलको गीत युट्युब मार्फत सार्बजनिक गरिएको हो ।
jaslai-maile
पछिल्लो समय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई विशेष प्राथमिकतामा राखेर गितहरु तयार हुने क्रम बढिरहेको छ । अझ भन्नुपर्दा नेपाली बजारमा एल्वम त बिक्नै छोडे भिडियो नबनाए सम्म गित मिडियामा बज्दैनन । यतिबेला केवल युट्युवको भरमा कलाकारहरुले आफ्नो दैनिकी गुजारी रहेका छन ।
नेपाली सङ्गीत बजार ओरालो लागेतापनि कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुको रोजाई एवम माग अनुसारका गितहरु बजारमा  पस्किने  क्रम भने तीव्र गतिमा चलिरहेको छ । भर्खरै मात्र सार्वजनिक गरिएको “जस्लाई मैले” बोलको गीतमा नेपाली सुगम संगीतका बहुचर्चित गायक शिव परियारले स्वर दिएका छन  । उक्त गीतमा टुरिष्ट जंग वि.क.को शब्द तथा भद्र वलीको संगीत रहेको छ ।
गीतमा आफुले मन पराएको मान्छे अर्कैको भएको कथा वस्तुलाई लिएर तयार गरिएको गीतका रचनाकार टुरिष्ट जंग वि.क. बताउछन । विक थप्छन मैले यस गीतको शब्द बनाउदा निकै मेहनत गरेर तयार पारेको छु, यहासम्म कि आफुले नै मायामा धोका खाए जस्तो अनुभव भैरहेको छ । तर यो वास्तविकता नभई केवल गीत र भावनामा मात्र रहेको कुरा साझा नेटवर्कलाई बताए ।
उक्त गीतको भिडियोलाई क्रान्ति के.सी.ले निर्देशन तथा सम्पादन गरेका हुन । तेस्तै गीतको भिडियोमा पछिल्लो समय अभिनयमा व्यस्त तथा चर्चित बन्दै गईरहेका मोडल बिक्रम बुढाथोकी, कृष्टिना थापा र सञ्जय पौडेलले अभिनय गरेका छन । गीतलाई बसन्त फिल्मस् प्रालिले बजारमा उपलब्ध गराएको हो ।

भिडियो हेर्नुहोस ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget