Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गुराँस सञ्चारले गछियामा उद्घोषण तालिम गराउँदै!

भदौ २३,
पूर्वी नेपालको प्रमुख शहर ईटहरी नजिकै रहेको सुन्दरदुलारी स्थित गुराँस सञ्चार प्रा.ली. गछियाले दक्ष जनशत्ति उत्पादन गर्ने उद्धेश्यले एक हप्ते उद्घोषण तालिम सञ्चालन गरेको छ । करिब दुई दर्जन युवायुवती सहभागी तालिममा एभिन्युज टेलिभिजनका मिलन बुढाथोकी, बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेत,सञ्चारकर्मी दिपक बराईली र गुराँस एफएमका सञ्चारकर्मी तथा तालिम संयोजक माधब काफ्लेले उद्घोषण तालिम दिईरहेका छन ।
भदौ २० गतेदेखि शुरु भएको तालिममा स्थानिय युवायुवतीले अत्यन्त रुचिका साथ सहभागी जनाईरहेका छन । तालिममा सहभागी मध्येबाट उत्कृष्ट हुनेलाई गुराँस एफएमले कार्यक्रम संचालनका लागी अवसर दिने उद्घोषण तालिम संयोजक माधब काफ्लेले बताए ।
अभिमुखीकरण र समाचार लेखनको तालिम सकेर भोलीबाट उद्घोषण तालिम सुरु हुने जानकारी सहित यस्ता तालिमले ब्यक्तित्व बिकाश र समाज परिबर्तनका लागी युवाहरुले गहन भुमीका खेल्ने तालिम संयोजक काफ्लेले बिबिएन वल्र्ड टिभी संग बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget