इटहरी÷ नेपाल सितेरियो कराते इटहरी उपमहानगर कमिटी र इटहरी ढुवानी ब्यवसायी सङ्घको संयुक्त आयोजनामा आगामी मङ्गसीर ८ देखि १५ सम्म पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत मध्यनजर गर्दै यही भदौ २९ देखि ३१ गतेसम्म इटहरीमा स्वर्गीय सुनिल अग्रवाल स्मृति आमन्त्रित अन्तराष्ट्रिय सितेरियो कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अन्तर्गत २० केजीदेखि ४५ केजी तौल समुहको जिल्लास्तरीय ३० वटा टिम तथा स्व. सुनिल अग्रवाल स्मृति अन्तराष्ट्रिय आमन्त्रण सितेरियो करात प्रतियोगितामा नेपाल भारत र बङ्गलादेश लगायत गरी १७ वटा टिमको हसभागिता रहने पनि संयोजक सन्त वहादुर डुम्जनले पत्रकारहरुलाई जानकारी दिनु भएको छ । इटहरीको जनता उच्च माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताका उत्कृष्ठ लेखाडीहरुले आगामी मङ्सीरमा पूर्वाञ्चलको सुनसरी मोरङ्ग लगायतका जिल्लामा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको सितेरियो खेलमा सहभागि हुने अवसर पाउने उक्त प्रतियोगिता हुन लागेको यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक डुम्जनले जानकारी दिनुभयो ।अन्तराष्ट्रिय आमन्त्रण सितेरियो कराते प्रतियोगितामा पूर्वाञ्चलका ९ वटा भारतको ३ तथा बङ्गलादेशको १ र विभागीय नेपाल प्रहरी शसस्त्र एवम नेपाली सेनाको १–१ सँगै आयोजकको १ गरी १७ वटा टिमको सहभागिता रहनेछ ।