अवसर अन्तरको बन्द सम्बन्धि तालिम
(कोलोराडो) अमेरिका
अमेरिकाको कोलोराडोमा रहेको राइज कोलोराडो र भूटानी समुदायको आयोजनामा अवसर अन्तरको बन्द तालिम संचालन हुने भएको छ । अवसर बन्द भनेको के हो ? कसरी नेपाली समुदाय सगै आइ विधार्थी कलेज जाने बाटोमा रहेका व्यवधानलाई निराकरण गर्न सक्दछन ? अभिभावकको स्थानबाट त्यसलाई बन्द वा अन्त्य गर्न के गर्न सक्दछन भन्ने विषयमा छलफल हुने राइजका हरि उप्रेतीले बताए । यहि सेप्टेम्बर १० तारिक शनिबार बिहानको १० बजे १५२० ग्यलेना अरोरा कोलोराडोमा आयोजना हुन लागेको तालिममा सहभागीता जनाउने सहभागीहरुलाई भाग्यशाली पुरस्कार अनि निशुल्क जलपान रहेको आयोजकले बताएको छ ।