भाद्र २५ सुप्रिया राई
इटहरी÷एमाले केन्द्रिय सचिव तथा प्रदेश नम्वर १ का इन्चार्ज भीम आचार्यले स्थानीय प्रदेश र केन्द्र सरकारका लागि संविधानको सफल कार्या्न्वयन गर्दै समयसिमाभित्रै निर्वाचन गराउन नसकिएको अवस्थामा संविधान निस्क्रिय हुन सक्ने खतरा औल्याउनु भएको छ ।
उहाँले नेपाल महिला सङ्घको प्रदेश नम्वर १ को इटहरीमा राखिएको पहिलो बैठकसभाको उद्घाटनपछि बोल्नुहुदा सो कुराप्रति चिन्ता प्रकट गर्नुहुँदै नेपाली जनताले बनाएको संविधानलाई यो वा त्यो को बहानामा र बाहिरी इच्छा तथा इशारामा परिमार्जन वा संंशोधन किमार्थ सम्भव नहुने कुरामा पनि जोड दिनुभएको छ । एमाले केन्द्रिय सदस्य एवम अनेमसङ्घ १ नम्वर प्रदेशको संयोजक जयन्ति राईको अध्यक्षमा बसेको प्रदेश बैठकमा सुनसरी अध्यक्ष नीरा आचार्यले स्वागत सहित बैठकको उद्देश्यका विषयमा प्रकाश पार्नुभएको थियो । बैठकमा महिला सांसद तथा प्रदेशका सवै जिल्लाका जिल्ला अध्यक्षहरुको पनि सहभागिता रहेको छ । सचिव आचार्यले एमाले स्थानीय निकाय प्रदेश र राज्य तहको निर्वाचन गराई संविधानमा संशोधन नै नगरि नहुने बुँदामा प्रदेश वा स्थानीय निकायको जनप्रतिनिधिको उपस्थितिमा संशोधन गरेर अघि बढ्ने तयारीकासाथ अघि बढिरहेकाले महिला सङ्घको प्रदेश बैठकले पनि त्यही कुरालाइ घनिभूत तुल्याउने प्रयासका रुपमा बैठकले सार्थक निचोड दिने अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो ।