दुर्घटनामा दुईजनाको मृत्यु
विराटनगर १ असोज ।झापा र इलाममा शुक्रबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। झापाको शिवसताक्षी नगरपालिका–५ डुडामारीमा यात्रुवहाक बसको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय गोपाल दर्जीको मृत्यु भएको छ।
अपरान्ह ४ बजेतिर पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ ख ७५३४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
त्यसैगरी इलामको सोयाक ९ स्थीत सोयाक चिसापानी सडक खण्डमा मे १ त ५४४३ नम्बरको ट्याक्टर अनियन्त्रित दुर्घटना हुँदा ट्याकटरमा सवार जिल्ला कास्की लेखनाथ नगरपालिकाका सन्तोष थापाको मृत्यु भएको छ।
दुर्घटनामा ट्याक्टरका चालक झापा शिवगंजका पदम तिवारी घाइते भएका छन्। घाइते तिवारीको विर्तामोड हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।