अर्जुन गुरागाई
नेपाली सांगितिक बजारमा आफ्नो पृथक पहचान बनाएका नेपाली युवा युवतीहरुको मन मुटुमा बसेका गायक हुन रमेशराज भट्टराई । पछिल्लो समय नेपाली सांगितीक बजारमा गायक तथा संगीतकार रमेशराज भट्टराई निकै व्यस्त छन् ।
तनहुँको बन्दिपुरमा जन्मिएका हुन रमेशराज भट्टराइर्, हसिलो मुहार भएका भट्टराई बच्चै देखी मिजासीला ब्यक्ति हुन । नेपाली संगितमा लागेको करिब १४ बर्ष भएको बताउछन, अनि संगितबाट एकदम सन्टुष्ट छु उनि भन्छन । २०५४–५५ सालमा कलेजमा गित गाए पछि साथिभाईले गरेको हौसालाले संगितमै लाग्न प्रेरणा दियो । औपचारीक रुपमा २०५९ सालमा गित संगितको क्षेत्रमा लागेको उनको भनाई छ । आफ्नै शब्द संगित र स्वरमा मैले तिमीलाई चाहेर पनि बोलको गित शुरुमा निकालेका थिए । डिग्री पढ्ने उद्धेश्यले नवलपरासी र पोखरा गएका भट्टराई पढाइ भनदा पनि संगितमा रमाए । शुरुमा एल्बम बाट परिचय बनाउन नसकेर लोक दोहोरी रेष्टुरामा गित गाउन थाले ।
बाग बजारको सगरमाथा दोहोरी साझमा गित गाएर सफल गायक बन्ने पथमा लम्कि रहे । त्यस्तै पोखरामा उत्कृष्ट दोहोरी रेष्टुरामा गित गाउने गायक हरुमा अग्र पक्तिमा रमशराज भट्टराइको नाम आयो । त्यस पछि बिस्तारै संगित क्षेत्रमा छाउन थाले । गायक भट्टराई निरन्तर गित गाउने रचना गर्ने र संगित भर्ने काममा ब्यस्त हुन थाले । २०६७ सालमा उनकै एकल शब्द संगितमा आएको एल्बम अपेक्षाले धेरै चर्चा बटुल्यो । साथै १ सय ५० भन्दा बढि लोक दोहोरी र आधुनिक गितमा रचना र संगित गरेका छन । २ दर्जन भन्दा बढि लोक दोहोरी गित गायन, ३ दर्जंन भन्दा बढि आधुनिक गायकको गितमा रचना तथा संगित गरेका छन । संगित तर्पm प्रमोद खरेल, अन्जु पन्त, स्वरुप राज अचार्य, शिब परियार, मनोज राज, एन्जीला रेग्मी लगायत गायक गायिकाले उनका शब्द तथा संगित मा गाइसकेका छन ।
उस्ले जति माया तिम्लाई......मैले तिमीलाई चाहेर ...... संगै जिउने बाचा गरी ......... तिम्रो झुटो पिरती ........मेरो सास हौ तिमी .......... तिम्लाई सम्झि रुने बोलका गित हिट नम्बर रहेका छन । त्यस्तै आफै गाएका लोक दोहोरी गितमा कुनै पल छैन....... क्रिकेट खेल्न जान्छु ...........फेशबुक खोलेर हो .................पोखरेलीकी छोरी लगाएत गितहरु खुब चले । त्यस्तै आफ्नै शब्द संगित र स्वरमा २०७० सालमा आधुनिक गित बबाल भो.........सारै हिट नम्ब्र हो । त्यस पछि स्टेजमा उनकै माग हुन थाल्यो । टेशन भो यार ...........जब साझ पर्छ.......उनको सामु भन्न मात्र ........लगाएत नेपाली पप गित रचना तथा संगितमा पनि उत्तिकै अगाडी छन ।
विभिन्न ठाउँमा आयोजना गरिने सांगितीक कार्यक्रममा भट्टराईको प्रस्तुतिलाई दर्शकले निकै नै रुचाएको पाइन्छ । नेपाली संगीतमा अब्बल संगीतकारको परिचय बनाईसकेका रमेशराज पछिल्लो समय गायनमा पनि उतिकै चर्चामा रहेका छन् । भट्टराईले आफनै सब्द संगीत र आवाज मा आधुनिक गीत ‘बबाल भो’ गीत बजारमा ल्याएपछि उनले पछाडी फर्केर हेर्नु परेन । दिनप्रतिदिन उनको डिमाण्ड बढ्दै गएको छ ।
देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा उनको सहभागीता बढ्दै गएपछि उनी यतिबेला कसैलाई राम्री देखेरै फिदा भएको सार्वजनिक भएको छ । ‘ तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु’ भनेपछि यतिबेला भट्टराईको चर्चा अत्याधिक भएको छ । वास्तविक जीवनमा भट्टराई कसैलाई देखेर फिदा भएको नभई उनको ‘फिदा’ एल्बममा रहेको शिर्ष गीत “तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु” हालै सार्वजनिक भएको छ । भट्टराईको आफ्नै आवाज आफ्नै संगीत र आफ्नै शब्द रचनामा सार्वजनिक भएको उक्त गीतको म्यूजिक भिडियो निकै नै मेहेनत गरेर बनाएको देखिन्छ । आधुनीक र दोहोरीमा सफल भएका भट्टराईको ‘फिदा’मा रहेको उक्त गीत पप भर्सनमा तयार भएको छ । म्यूजिक भिडियोमा विकास फिरोज र सरु लामाको अभिनय रहेको छ भने एरेन्ज साहस शाक्यले गरेका छन् । त्यस्तै पवन सिंखडाले सम्पादन गरेको म्यूजिक भिडियोलाई दिपेन्द्र तिमिल्सीनाले निर्देशन गरेका हुन् ।