![]() |
|
- 'म सानोमा सोच्ने गर्थे नेता भनेको सब थोक हुन। उनीहरुले जनताको लागि सब कुरा गर्छन भनेर सोच्थे तर होइन रहेछ नेतृत्व पंक्तिकै केहि निर्णयले गर्दा सिंगो समाजमा धेरै नराम्रो असर समेत पर्दो रहेछ कहिले काहीं।'
- दुईटा काम मात्र राम्रो गरियो भन्दैमा संगठनले ठुलो नै काम गर्यो भनेर हिड्नेहरुलाई मेरो प्रश्न :-'के जनता त्यहि दुईटा कामले गर्दा सधै खुसी भइरहन्छन् त ? कृपया नेता मात्र बन्नको लागि संगठन स्थापन नगरौ'
- कति नेतासंग फोटो खिचियो कति नेताको बारेमा आलोचना नि गरियो ! कति नेताले केहि गर्न सक्दैनन् भनेर सामाजिक संजाल नै रंगमय बनाइयो भने कति ले अझै गर्न बाकि नै छ भनेर नि लेखियो । नेता भनेको जनताहरुको अगुवा हुन । हामीले बुझ्दै आएका नेताहरुलाई मूल रुप सामान्य शब्दले चिन्दा म यसरी नै चिन्छु नेताहरुलाई । हाम्रा नेताहरु सबै तिर छन् अहिले तर, बिडम्बना हाम्रो कुनै पनि नेताले राम्रो इतिहास बनाउन सकेका छैनन्। इतिहास कस्ता नेताहरुले कसरी बनाउछन त्यो नेताहरु आफैले पनि बुझछन होला ? आफ्नो व्यक्तिगत कुरा हाबी गराउने नेताहरु सधै जनताको नजरमा तल्लो रुप मै रहन्छन । त्यो सबैलाई थाहा छ । त्यस कारण सकेसम्म सबै प्रवृत्ति र हैसियतहरुको उपयोग गरेर नेताले जनताका सबै खाले सरोकारहरुलाई खोतल्न, केलाउन र बाहिर फिँजाउन सक्नुपर्छ । नेताहरुको आदर्श त्यो हो चाहे चुनौती जतिसुकै मोल्नु परोस् इतिहास बनाउन त चुनौतीबाट भाग्नेले सक्दैन । यहाँ अमेरिकामा रहेका हाम्रो नेपालीभाषी भुटानीहरुले स्थापना गरेको संगठनको विषयमा मैले थोरै बुझेको छु । नितान्ता रुपमा यो मेरो व्यक्तिगत बिचार यहाँ प्रस्तुत गर्न खोजिरहेको हुँ ।अमेरिकाको कोलोराडोमा बस्छु म अहिले ! म बसेको ठाउँमा रहेको नेपालीभाषी भुटानी समुदायलाई लक्षित गरेर स्थापना गरिएको संगठानको बारेमा मलाई लगभग राम्रोसंग ज्ञान भइसकेको छ । म सानोमा सोच्ने गर्थे नेता भनेको सब थोक हुन। उनीहरुले जनताको लागि सब कुरा गर्छन भनेर सोच्थे तर होइन रहेछ नेतृत्व पंक्तिकै केहि निर्णयले गर्दा सिंगो समाजमा धेरै नराम्रो असर समेत पर्दो रहेछ कहिले काहीं। जनताको गुनासो अनि जनताको भावनालाई ध्यानमा नराखी समाजकै लागि काम गर्दैछौ भन्ने समाजको लागि चाही केहि नगरेको पनि प्रसस्त उदहारण छन् । दुइ चार ओटा सस्कृति अनि सांगीतिक कार्यक्रम गर्दैमा अनि दुई तीन दिन समुदायमा हिडेको भरमा त्यो संगठनका उपल्लो दर्जाकाहरुले समाजको लागि सबै थोक गरे झैँ ठान्दा रहेछन । समुदायमा संगठनको किन जरुरी ? समुदायले संगठनप्रति के सोच्छन अनि समुदायको समस्या के हो ? त्यो संगठनले बुझ्नु जुरुरी पनि हुन्छ । नेता बन्न सबैको इच्छा हुन्छ। त्यो मेरो या तपाईहरु कसैको किन नहोस ? समुदायले चाहन्छन कुनै पनि संगठनमा फुट सिर्जना नहोस भन्ने ! फुट सिर्जना भइहल्छ । फुट सिर्जना हुदाँ कसै एक दुई जनाको टाउमाथी सबै श्रेय जान्छ तर, महान् कार्यको श्रेय मात्र एक व्यक्तिलाई जान्छ। त्यो एकदम बिडम्बना हो, हामी सधै नकारात्मक कुराबाट माथी उठेका छौ। उसले केहि गरेन सबै मैले मात्र गरे अनि हामीले मात्र समाजको कुरा बुझेको छौ भन्दै हिड्छन संगठनका अगुवाहरु ! समुदायको आशा भरोसा त्यस्तो संगठन माथी नै रहन्छ सधै जुन संगठनले समाजको अधारभुत कुराहरुलाई ध्यान दिएर काम गरिरहेको हुन्छ। कुनै कुनै संगठनहरु नामै मात्रको संगठन हुन्छन । यो लेखक एउटा विषयमा विशेष ध्यान दिन चाहन्छ कि त्यो हो जुन तेस्रो मुलुकमा पुनर्वास भएका नेपालीभाषी भुटानीहरुले यहाँ अमेरिकामा स्थापना गरेको संगठनले सबै समुदायको मूल मान्यता बुझेर त्यही अनुसारको कार्यक्रम निर्माण गरोस अनि संगठनले कुनै समुदायका व्यक्तिलाई समस्या आउने काम नगरोस भन्ने नै हो ! जुनै पनि संगठन फुटले होइन एकजुट भएर अगाडी बढ्नु जरुरी छ । समुदायको समस्या समाधान गर्न दर्जनौ संगठन चाहिंदैन । एउटा संगठन भए पुग्छ तर सबैको सहभागीता हुन जरुरी छ ।