असोज ६, सुप्रिया राई
इटहरी÷ इटहरी नगरपालिका स्थापनाको छोटो अवधिमै उपमहानगरपालीका बन्न सफल भएको इटहरीमा तीव्र वस्ति विस्तारसँगै सेवाग्राहीको चाप बढ्न थाले पछि विहिवार देखि कार्यलयले बडा पत्रका लागी डिजिटल डिस्प्ले तथा डिजिटल हाजिरी राखेको छ ।सोही अवसरमा इटहरी उपमहानरपालीकाको नगर गीत समेत सार्वजनिक गरिएको छ । व्यवस्थापिका सांसद रेवती रमण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार धर्म ढकालद्धारा लिखित गीत सार्वजनिक गरिएको हो । उक्त गीतको दुर्गा पराजुलीको निर्देशनमा छायाँकन समेत सुरु गरिएको छ ।
छायाँकनमा सांसद रेवतीरमण, भण्डारी प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाइ , कार्यकारी अधिकृत महेशराज तिम्सिना, शिक्षासेवी लेखनाथ घिमिरे, पत्रकार कृष्ण अधिकरी, प्राध्यापक डा. वद्रिविशाल पोख्रेल, उपमहानरपालीकाका कर्मचारी लगाएत रहेका छन् । प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईले कार्यक्रमको उद्घाटन गर्दै यसले कार्मचारी हरुपनी समयमानै आउने र सेवाग्राहीलाई अझै सहज बनाउने बताए । कार्यलयका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले डिजिटल वोर्डमा हाजिर गर्दै डिजिटल डिस्प्ले बाट सार्वजनिक हितको लागी दिने सुचना प्रकाशित गरिने कुन कुन कोठामा केकामका लागी जानुपर्ने जानकारी दिनका लागी डिजिटल डिस्प्ले राखेको बोर्डमा घर नक्सा, जन्मदर्ता लगाएतका सुचना राखिने बताए ।