Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भारतको–पाकिस्तानको लडाईदेखि इटहरीका मठमन्दिरसम्म,,,

Displaying p1.JPG

-सुप्रिया राई
आर्मीमा भर्ति हुनु नपरेको भए सायद म हलिउडको चर्चित कलाकार हुन्थे होला यो भनाई प्रविण आचार्यको हो ।भोजपुर जिल्लाको दिङला बजार वडानं. २ मा बाबा टहलदास आचार्य र आमा कृष्ण माया आचार्यको कोख बाट  २००४ साल माघ १३ गते जन्मनु भएका प्रविण आचार्य हाल इटहरी १ का स्थानिय बासिन्दा हुनुहुन्छ ।

 प्रबिण ५ बर्षको कलिलो उमेर देखी नै निक्कै आटिलो र जोसिलो हुनुहुन्थ्यो सानो छदा देखीनै  घर छाडेर साथिहरु सग बाहिर बस्दै दिङला हाईस्कुलमा  एस.एलसी सम्मको अध्यन  सकेर साथिहरु सग छुट्टीको समय दार्जिलिङ,सिक्किम,आस्सम,वङगाल,भ्रमण गरीसके पछि भारतकै तुरा जिल्लाको नखाम बजारमा पढ्न थाल्नु भयो,भारतको तुरा जिल्लाको नखाम बजारमा पढ्ने क्रममा एक दिन आफ्नो क्लासको साथीले आफ्नो घर जान अनुरोध गर्नु भयो घर पुगे पछि साथीको बाबा लेफ्टिनेन्ट कर्नेल भएको थाहा पाए । साथीको बाबा सग गफगाफगर्ने क्रममा साथीको बाबा प्रबिण सग प्रभाभित भएर बम्बइ साइन्स कलेजमा भर्ना गरी दिए,साथै जागिर पनि लगाइ दिए ।पढ्दा पढ्दै स्कलरसिप पाएर इन्जिनियरीङ पढ्न थाल्नु भयो ,इन्जिनियरीङ पढ्दापढ्दै फिल्म तिरनी काम गर्न थाल्नु भयो,रात एक अन्धेरी थी,बिशल बाध  फिल्ममा काम गर्दा गर्दै,आर्मीको टे«निङ लिन देहरादुन गए । 


ट्रेनिङ पछि आर्मीको सेकेन लेफ्टिनेन्ट भएर ८ बर्ष काम काम गर्ने क्रममा पाकिस्तान सगको युद्ध हुदा  धेरै दिन सम्म सिपाइहरु पानी मात्र खाएर युद्ध लडिरहेका थिए तर प्रविनलाई भने सेकेन लेफ्टिनेन्ट  भएको कारण ड्राइफुडहरु खाने व्यवस्था थियो । नाका खुले पछि गाडिमा आएको खाना आफैले गाडि चलाएर भोकै युद्ध लडिरहेका सिपाईहरु लाई खाना पु¥याउने क्रममा पाकिस्तानी फौजको आक्रमणमा परेर पुर्णरुपमा सवै सरीर जलेर विहोस भए को बताउछन् ,धेरैदिनको उपाचर पछि आफु वाचेको वताउनु हुने प्रविणलाई मठ मन्दिर र स्कुल निमार्ण मा आफुले सकेको लगानी  गर्न पाउदा निक्कै आनन्द लाग्दो रहेछ भन्छन् ।

भारतमा रहदा भारतमा बोलीने प्राय सबै भासा बोल्ल सक्ने भएकोले गर्दा भारतमा बस्दा कुनै पनि असहज नभएको बताउने प्रविण  नेपाल आए पछि बिबाह गरेर नेपालमानै बस्न थाले ।उनी खानी बिभागमा इन्जिनियरीङ काम गर्दै सामाजिक कामहरुमा सक्रिय भएर काम गर्न थाले ,एउटै काममा निरन्तरता दिने आफ्नो बानि नभएको बताउने प्रविणले फेरी नेपाल औधोगिक बिकाश शाखाको अधिकृत,सडक बिभाग,निर्माण तथा यातायात बिभाग,निमार्ण व्यवसायी को ठेक्दारको काम गर्दै सामाजिक क्षेत्रममा पनि निरन्तर काम गरीरहे,प्रविणले इटहरीमा स्कुल नभएको अबस्थामा बिभिन्न स्कुल कलेजको स्थापना गर्नमा सहयोग गरे ।


पुर्बमा जति पनि मन्दिरहरु निमार्ण भएका छन् प्राय जसो सवैमा प्रबिणले लगानी  गरेका छन् ।पुर्वमा मात्र नभएर काठमाण्डौ,पोखरा,पनौती लगायतका ठाउहरुको मठमन्दिर निमार्णमा पनि चन्दा दान गरीसकेका छन् । ,आट र  हिम्मत भए मानिसले जे पनि गर्न सक्ने बताउने प्रविणले वाटोमा खेलेर समय बिताइरहेको भाइ बहिनीहरुलाई भेला पारेर क्षमता विकासका लागी लाइन्स क्लबमा सहभागीता गराए । बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएको प्रविण केही समय देखी आँखामा समस्या भएको कारण हाल घरमानै वसेर विभिन्न संघ ÷संस्थामा आफुले सकेको सल्लाह सहयोग गरीरहेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget