
बिगत लामो समय देखि गित संगितको दुनियामा रमाईरहेकि गायिका हेमु "स्मृती" चोङ्बाङ यतिखेर चर्चा को शिखरमा पुग्न सफल भएकी छिन।
सानै उमेर देखि नै गित संगित भनेपछि हुरुक्कै हुने उनले एक दर्जन भन्दा बढी गित मा आफ्नो सुमधुर आवज दिईसकेकी छिन। तेर्हथुम-८, डुङ्गापा मा जन्मिएका उनी स्कुले जीवन देखि नै आफ्नो सुमधुर आवाज बाट धेरै को मन जित्न सफल भईसकेकी थिइन।
२०७० सालमा आफ्नो स्वर मा पहिलो गित रेकर्डिङ गराएकि चोङ्बाङ ले केही समय अघि आफ्नो पहिलो एल्बम " मनको तारा" सार्बजनिक गरेकी छिन। "मनको तारा" एलबम भित्र रहेको " ढाका टोपी" बोलको गित को म्युजिक भिडियो समेत उनले सार्बजनिक गरेकि छिन।
उक्त गितमा समीर सिङ्गक को शब्द संगित रहेको छ भने सिङ्गक ले नै उनलाई गित गाउनमा पनि साथ दिएका छन। मेरिना तुम्शा, र दिलिप केरुङ को अभिनय रहेको उक्त भिडियोलाई सिर कुमार साम्पाङ ले छायाङ्कन र एडिटिङ गरेका हुन भने राकेश किरातिले निर्देशन गरेका छन।
अहिले उक्त गितले निक्कै चर्चा बटुले सङ्गै गायिका हेमु "स्मृती" चोङ्बाङ को चर्चा चुलिएको हो।
भिडियो